काठमाडौं । विश्वकप छनोट खेलमा नेपाल अष्ट्रेलियासँग पाँच गोलले पराजित भएको छ । पाँच पटक विश्वकपमा सहभागिता जनाइसकेको अष्ट्रेलियाविरुद्ध नेपालले गोल गर्न सकेन ।
Advertisement
बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो ।
उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो ।
छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे ।
निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।