काठमाडौं । नेपाली सेनाको उपरथीमा बडुवा भएका रथी अशोकराज सिग्देल र सहायक रथी गोकुल भण्डारीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
Advertisement
प्रधानसेनापति पुर्णचन्द्र थापाले सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाईं समारोह पश्चातको विशेष कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नति भएका उपरथी सिग्देललाई श्री निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई श्री पश्चिम पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ । मन्त्रिपरिषदको असोज १७ गतेको निर्णयले सिग्देल र भण्डारीलाई उपरथीमा पदोन्नति गरेको हो ।