• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • १०. सर्वदलीय बैठक जारी

संघीयता खारेज नगरे देशै खारेज हुनसक्छ : प्रवक्ता पुरी (भिडियो)


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आफ्नो पार्टीले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई केन्द्रमा राखेर सङ्घीयताको विरोध गरेको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा आज माइतीघर मण्डलामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    त्यस क्रममा उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई केन्द्रमा राखेर सङ्घीयताको विरोध गरेको हो ।’ ‘हामीले सत्ताका लागि सङ्घीयताको विरोध गरेका होइनौँ’ प्रवक्ता पुरीले भन्नुभयो– ‘सङ्घीयताले राष्ट्रियता, सार्वभौमिकता कमजोर हुन्छ; भौगोलिक अखण्डतामाथि आँच पुग्छ; जातजातिमाझको सद्भावमा विग्रह आउँछ, देश आर्थिक रूपमा पतन हुन्छ । त्यसैले हामीले सङ्घीयताको विरोध गरेका हौँ ।’

    सङ्घीयता सेतो हात्ती भएको बताउँदै उहाँले भन्नुभयो– ‘जनतामाथि करको बोझ लादेर र युवाजतिलाई विदेश धपाएर अहिले देशमा सङ्घीयतारूपी आठ वटा सेतो हात्ती पालिएको छ ।’ सम्बोधनको क्रममा उहाँले सङ्घीयताले स्थानीयस्तरमा मुखिया, जिम्माल, राजारजौटा प्रवृत्ति उत्पादन गर्दै गइरहेकोसमेत बताउनुभयो ।

    चौतर्फी रूपमा सङ्घीयताको विरोधमा आवाज उठ्दै गइरहेको वर्तमान अवस्थामा सङ्घीयतालाई खारेज नगरे देशै समाप्त हुने चेतावनी पनि उहाँले दिनुभयो ।

    अहिले पुनरुत्थानवादीहरूको चलखेल बढ्दै गइरहेको बताउँदै उहाँले आफ्नो पार्टी गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा रहेको बताउनुभयो । त्यस्तै, उहाँले एमसिसी स्वीकार गरिएमा त्यसबाट देशको असंलग्नतासहितको स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने दावी गर्दै कुनै पनि हालतमा एमसिसी पारित नगर्न सरकारसित आग्रह गर्नुभयो ।

    विरोधसभामा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले सङ्घीयताबाट जनता आत्तिएको बताउनुभयो । ‘अब सङ्घीयता खारेज गर्ने बेला आयो’ रेग्मीले भन्नुभयो– ‘जनता आत्तिएका छन्, स्वयम् सत्तारूढ दलकै नेता–कार्यकर्ता सङ्घीयताको विरोधमा उभिइरहेका छन् । अब सङ्घीयताको विरोधमा देशव्यापी आन्दोलन अगाडि बढाउनुपर्दछ ।’

    अध्यक्ष रेग्मीले भारतले सडक निर्माण गर्दै लिम्पियाधुरादेखि लिपुलेकसम्मको सीमा अतिक्रमण गरिरहेकोमा सरकार बोल्न नसकेको बताउनुभयो । त्यस्तै, विदेशस्थित अलपत्र नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नसकेकोमा पनि उहाँले सरकारको आलोचना गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सांसद पियारी थापाले पछिल्लो समयमा महिलामाथिको हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिलामाथिका यस्ता जघन्य अपराधको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै त्यसका विरुद्ध गम्भीर कदम उठाउन माग गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापाले समेत मन्तव्य राख्नुभएको सो कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँका उपाध्यक्ष राजेन्द्र पुडासैनीले र सञ्चालन राजमो काठमाडौँका लक्ष्मणदेव पाण्डेले गर्नुभएको थियो ।

    कार्यक्रमभन्दा अगाडि सङ्घीयताको खारेजी, कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार, स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको छानबिन, एमसिसीको खारेजी, अतिक्रमित लिम्पियाधुरा–लिपुलेक भूमि फिर्ता, भारतसितका असमान सन्धिसम्झौताको खारेजीलगायतका विषयमा नारा लगाइएको थियो ।

    कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरमा ठुलो सङ्ख्यामा राजमोका नेता, कार्यकर्ता र समर्थकको उपस्थिति रहेको थियो ।

    https://www.youtube.com/watch?v=5dZqS7Cwpq8&feature=youtu.be&fbclid=IwAR2ly7WgtulInKdH56-EfQo85Z2WKYBboWF9ylvQgaK_cdnCBCqaKGeBB8k
    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.