काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् । कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार गजुरेलको अवस्था गम्भीर भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो ।
गजुरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू संक्रमणमुक्त भएको जानकारी दिँदै सबैमा धन्यवाद दिएका छन् । उनले केही दिनमा पूर्ण स्वस्थ हुने अपेक्षा गर्दै काममा फर्कने बताएका छन् ।
धन्यवाद तथा आभार 🙏 ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । 🌷
— GajuReal (@gajureal) November 15, 2020
गजुरेललाई लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो । घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अघिल्लो बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो ।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए ।