काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको पारिवारिक स्रोतले जनाएको छ ।
Advertisement
कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार गजुरेलको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको छ ।
गजुरेललाई लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो । घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई हिजो आईसीयूमा सारिएको हो ।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए ।