• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

परीक्षा सञ्चालनका नाममा दोहोरो दस्तुर असुल्दै विद्यालय


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • सर्लाही । कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि शुरु हुँदैछ । उक्त परीक्षामा सामेल हुन विद्यार्थीले रु ५०० थप दस्तुर बुझाउनुपर्ने विद्यालयले नियम बनाएका हुन् । यसअघि गत वर्ष नै परीक्षा दस्तुरबापत प्रतिविद्यार्थी रु ६०० असुल गरिएको थियो ।

    Advertisement

    कोभिड–१९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीलाई दोहोरो दस्तुर लिनु गैरकानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाले माग गरेका छन् । पहिले नै परीक्षा दस्तुर लिइएकामा फेरि रु ५०० थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनरावलोकन गर्न अनेरास्ववियुका सर्लाही संयोजक विवेक मैनालीले माग गर्नुभयो । विद्यार्थीलाई दोहोरो मार पार्ने काम भए चुप लागेर नबस्ने मैनालीले चेतावनीसमेत दिनुभयो ।

    राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ का कारण परीक्षा सञ्चालन खर्च पठाउन नसकेपछि विद्यालयले विद्यार्थीसँग उठाउन लागेको बुझिएको उहाँको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार जिल्लाका २० वटै स्थानीय निकायका शिक्षा शाखाप्रमुख, पेशागत सङ्गठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकबीच कात्तिक २१ देखि कक्षा ११ को परीक्षा शुरु गर्ने सहमति भएको हो ।

    राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार गत वर्ष लिइएको दस्तुर बापतको रु ६०० मध्ये २०० प्रवेशपत्र, प्राविधिक व्यवस्थापन र अन्य खर्चका लागि उपयोग हुने र बाँकी रु ४०० कक्षा १२ को परीक्षामा मिलान गरिदिने सहमति भएको छ । बोर्डले यस्तो व्यवस्था गरेको सूचना नै प्रकाशित गरेको छ । बोर्डले सहमति जनाएको भए पनि रु ५०० को सट्टा रु ४०० मात्रै लिइनुपर्ने मैनालीको तर्क छ ।

    विद्यार्थीबाट करीब रु चार लाख असुल गरी हिनामिना गर्न नपाइने उहाँले बताउनुभयो । परीक्षा बोर्डले अहिले बुझाएको रु ५०० बाट नियमित तर्फका विद्यार्थीहरुको कक्षा १२ को परीक्षा आवेदन शुल्कमा मिलान गरिने र आंशिक तर्फका विद्यार्थीको ट्रान्स्किप्ट, प्रोभिज्नल सर्टिफिकेट र माइग्रेसनमा लाग्ने एक हजार ४५० मध्येको शुल्कमा मिलान गरी एक हजार १०० मात्र शुल्क लाग्ने गरी साउन २३ मा शुल्क मिलान गरिएको बोर्डका काफ्लेले बताउनुभयो ।

    पहिले बोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देशन भएकाले सोहीअनुसार गरिएको फौजसिंह माविका शिक्षक केदार काफ्लेले बताउनुभयो । इकाइ प्रमुख रामआधार कुशवाहले बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्ने कार्यविधि बनाएको बताउनुभयो ।

    उहाँका अनुसार परीक्षामा जिल्लाका क्याम्पससहित तीनवटासहित ६७ वटा मावि रहेकामा अहिले कक्षा ११ को पठनपाठन चलेका ६१ वटा माविहरुमा परीक्षा सञ्चालन हुने र उक्त परीक्षामा पाँच हजार २६१ जना नियमिततर्फ र दुई हजार ६६२ जना आंशिक तर्फका गरी जम्मा सात हजार ९२३ परीक्षार्थीको सहभागिता रहने बोर्डले जनाएको छ । जिल्लामा ४८ सामुदायिक, १६ निजी र तीनवटा क्याम्पस रहेका छन् ।

    जिल्लामा कक्षा ११ को परीक्षा सबै विद्यालयले एउटै मितिमा सञ्चालन गर्ने सहमति जुटेको छ । बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर ९ बाट सञ्चालन गर्ने मिति तोकेको र त्योभन्दा अघि नै कक्षा ११ को परीक्षा सक्न कार्यविधिमा भनिएको कुशवाहले बताउनुभयो । परीक्षाको मिति तयसँगै विद्यालयले त्यसको तयारी पनि थालिसकेको छ ।(रासस)

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.