काठमाडौँ । जनकपुरधाममा प्रहरी भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
Advertisement
घटनामा अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नं २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ आनन्दनगर बस्दै आएका १९ वर्षीय मनिष मण्डल रहको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।