काठमाडौँ । भारतका पूर्व विदेश मन्त्री एवम् कांग्रेस (आइ) का नेता सलमान खुर्सिद नेपाल भ्रमणमा छन् । त्यसका साथै भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता एवं राज्यसभाका सांसद डा. विजय सोनकर शास्त्री पनि नेपाल आएका छन् ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको निमन्त्रणमा एक कार्यक्रममा भाग लिन उनीहरु नेपाल आएका हुन् । उनीहरु कार्यक्रममा भाग लिन आएपनि यहाँ उनीहरुले उच्चस्तरीय भेटघाट पनि गर्नेछन् । शास्त्री हिजैदेखि भेटघाटमा व्यस्त छन् ।
खुर्सिद २०७० सालमा दोस्रो संविधानसभा चुनावको मिति तय हुँदा पनि नेपाल आएका थिए ।
चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेताहरुको नेपालमा उपस्थिती बाक्लिएको छ ।
केही दिनअघि मात्र भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयं सेवक संघका प्रचार प्रमुख अरुण कुमार नेपाल आएर फर्केका थिए ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीस्वरुप केही दिनपहिले चीनका तत्कालिन स्टेट काउन्सिलर याङ जेइजीको भ्रमण भएको थियो ।

