काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मंगलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ । सिंगापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा नेपाली समयअनुसार साँझ ५ः१५ बजे खेला हुनेछ ।
उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो ।
सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिंगापुरले समान दुई–दुई अङ्क जोडेका छन् । गएराति सम्पन्न खेलमा जिम्बावे सिंगापुरसँग पराजित भएको छ । सिंगापुरले जिम्बावेलाई चार रनले पराजित गरेको हो ।
अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिंगापुर तेस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।