• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

वैकल्पिक सिकाइ : ‘कालो बादलमा चाँदीको घेरा’


  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
  • प्रकाश सिलवाल काठमाडौं
    ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् ।

    Advertisement

    मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेको र सबै शिक्षकमा अनलाइन प्रणालीमा दक्ष नभएको अवस्थाबाट अघि बढ्दै आफ्नो क्षेत्रमा सम्भव हुने विकल्प अपनाएर शिक्षक र विद्यार्थीको अन्तरक्रिया सञ्चालन भइरहेको छ । नेपाल सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी आकस्मिक कार्ययोजना ल्याएपछि सिकाइ निरन्तरता गराउनु विद्यालयको दायित्व नै बनेको छ ।

    ‘वैकल्पिक सिकाइ प्रणालीमा विद्यालय तहका अनुभव र अबको बाटो’ विषयक शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा विश्व निकेतन मावि, काठमाडौंका प्रधानाध्यक हेरम्बराज कँडेलले गत वैशाखदेखि नै कुनै न कुनै रुपमा अनलाइन प्रविधिको माध्यमबाट पढाइ शुरु गरी हाल पहिलो त्रैमासिकको परीक्षा सञ्चालन गरिसकेको बताउनुभयो । शिक्षक विद्यार्थीमा अनलाइनको पहुँच र डिजिटल सामग्री पर्याप्त नभए पनि माथिल्लो कक्षामा ९० प्रतिशतसम्म विद्यार्थीको सहभागिता रहेको जनाउँदै उहाँले शिक्षकहरुलाई मासिक रिचार्ज खर्च दिएर फोनबाटै गृहकार्य दिने र जाँच गर्ने गरिएको अनुभव सुनाउनुभयो ।

    ललितपुरको हरिसिद्धि माविमा भने स्थिति अलि फरक छ । त्यहाँका प्रधानाध्यापक आशा महर्जनले आफ्ना अधिकांश विद्यार्थी प्रायः अभिभावकबिहीन रहेकाले उनीहरुको इन्टरनेट, टेलिभिजन, मोबाइल र ल्यापटपको सुविधाबाट बञ्चित भए पनि एउटै इन्टरनेटबाट पनि धेरै जनालाई पढाउन थालिएको र स्थानीय तहको समन्वयमा दशैँपछि वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको बताउनुभयो । काठमाडौँको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले जुम प्रविधिबाट शिक्षकबीच निरन्तर बैठक गरेर वैकल्पिक माध्यमलाई प्रभावकारी बनाइएको बताउँदै पहिलो त्रैमासिकको परीक्षा सञ्चालनको स्थितिमा पुगिएको सुनाउनुभयो ।

    लमजुङको भारतीसदन माविका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले विद्यालय क्षेत्रमा बिजुली नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएकाले गत जेठको पहिला साता शिक्षकलाई दरदैलोमा पठाएर गृहकार्य दिने काम शुरु गरिएको जनाउनुभयो । ‘शिक्षकहरु निदाएर बस्नु हुँदैन भनेर हामी समय र परिस्थितिअनुसार रुपान्तरित भएका छौँ । विद्यालयका सूचना प्रविधिका तालिम सञ्चालन गरेर बचेको समय बितायौँ । शिक्षकलाई घरघरमा पठायौँ तर पनि यस वर्षको सिकाइ उपलब्धि पहिलाको जस्तो हासिल हुने स्थिति छैन ।’

    निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसैलाई निरन्तरता दिइएपछि यो प्रणाली शिक्षाको मूलधारमा नीतिगतरुपमा समाहित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका कार्यान्वयन र वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि यही असोज ६ गते ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना’ सार्वजनिक गरेको थियो । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई ‘होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धनजस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका कार्ययोजनामा उल्लेख छ ।

    युनेस्को काठमाडौंका कार्यक्रम अधिकृत आगत अवस्थीले एक सर्वेक्षणमा ५७ प्रतिशत अनलाइन पहुँचमा रहेको, ३३ प्रतिशतको टेलिभिजनमा पहुँच, १८ प्रतिशतसँग रेडियोको पहुँच, १२ प्रतिशतले अफलाइन र १२ प्रतिशतले अध्ययन सामग्रीबाट पढिरहेको पाइएको बताउनुभयो । अध्ययनले एकै विद्यार्थीसँग एकभन्दा बढी माध्यमको पहुँच पनि हुनसक्ने अध्ययनले देखाएको छ । अध्ययनअनुसार सुदूरपश्चिम र बाग्मती प्रदेशमा धेरै बालबालिकाको सिकाइमा अवरोध देखिएको छ । उहाँले तीन तहका सरकारबीच तथा प्रशासनिक कार्यालय र विद्यालयबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले अहिलेको स्थितिमा आफ्ना प्रयासबाट विद्यार्थीको सिकाइलाई प्राथमिकता दिनु शिक्षकको धर्म भएको बताउँदै निर्देशिकाले वैकल्पिक प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएकाले कमजोर आर्थिक स्थितिका अभिभावक र विद्यार्थीलाई ध्यान दिनुपर्ने जनाउनुभयो । गौतमले अनलाइनको पहुँचलाई बढाएर बढी लगानी भएका नमूना सामुदायिक विद्यालयले अरु विद्यालयलाई प्रोत्साहित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    सुर्खेतको भेरीगङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख धीरेन्द्रप्रसाद शर्माले कर्णाली प्रदेशमा १० प्रतिशत बालबालिकामा मात्रै सूचना र सञ्चार प्रविधिको पहुँच रहेको स्थितिमा वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउँदै पहुँच नभएका विद्यार्थीलाई फरक ढङ्गले सम्बोधन गर्न चुनौती खडा भएको बताउनुभयो ।

    शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विषम स्थितिमा पनि विद्यार्थी सिकाइको अधिकारबाट बञ्चित हुन नहुने भएकाले वैकल्पिक प्रणालीमा भएका असल अभ्यासलाई देशभर फैलाउन आग्रह गर्नुभयो । उहाँले हुने र नहुनेबीचको खाडललाई क्रमशः अन्त्य गर्न तीन तहका सरकारबीचको समन्वय बढ्नुपर्ने र शिक्षामा देखिएको चुनौतीलाई सम्बन्धित पक्षले शिक्षालाई रुपान्तरण गर्ने अवसरका रुपमा लिन आग्रह गर्नुभयो ।

    सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले वैकल्पिक सिकाइलाई मूलधार मानिएको स्थितिमा यसको प्रभावकारिताबारे थप अध्ययन गर्न सुझाव दिनुभयो भने सुर्खेतको विमलज्योति माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी पुनम पुनले बन्दाबन्दीमा आफूहरुमा मानसिक तनाव सिर्जना भएको जनाउँदै हातमुख जोर्ने समस्या हुने परिवारका विद्यार्थीले अनलाइनमा पहुँच प्राप्त गर्न नसकेको जनाउनुभयो ।(रासस)

    शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.