अशोकविक्रम जिसी, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाले शुक्रबार देशब्यापी जनसभा अन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा जनसभा आयोजना गरेको छ।
सभालाई प्रमुख अतिथिको रुपमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्नुभयो । त्यस क्रममा नेता भट्टले इतिहासबाट पाठ सिक्न आग्रह गर्नुभयो । इतिहासलाई सही ढंगले मूल्यांकन गर्न नसक्दा जनताका ठुला ठुला बलिदानीपूर्ण घटनाबाट प्राप्त उपलब्धि समेत गुम्ने गरेको चर्चा गर्दै नेपालका राजनीतिक शक्तिहरुले अवसरको सदुपयोग गर्न नसके फेरि पनि इतिहास दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा अखिल (छैठौ)का महासचिव महेशराज जोशी, माथिल्लो कर्णाली बचाउँ अभियानका अध्यक्ष भरत शाही, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त विक, नेकपा (मसाल)का जिल्ला प्रवक्ता मोहन थापा र नेकपा परित्याग गरि राजमोमा प्रवेश गर्नुभएको चक्र बहादुर सिंहलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेशका उपाध्यक्ष कमल विक्रम शाही र स्वागत कोषाध्यक्ष धन प्रसाद देवकोटाले गर्नुभएको थियो

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
