जगतप्रसाद रेग्मी, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरु खतरामा पर्दै गएकोले जनआन्दोलनका शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै महासचिव शर्माले दोस्रो जनआन्दोलनका उपलब्धि खतरामा पर्दै गएकाले त्यसको रक्षाका लागि राजमोले संघर्षका कार्यक्रमहरु तय गरेको जानकारी पनि दिनुभयो ।
पछिल्लो समयमा राजावादी तत्वहरु सल्बलाउन थालेको र राष्ट्रियतामाथि आँच आउन लागेको भन्दै महासचिव शर्माले राजनीतिक दलहरुलाई गम्भीरतापूर्वक अघि बढ्न आह्वान पनि गर्नुभयो । उहाँले सत्ता सञ्चाललाई जनताले लगातार खबरदारी नगर्ने हो भने देशको अस्तित्वमाथि नै कालो बादल मडारिन सक्ने चेतावनी पनि दिनुभयो ।

सभामा विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाले आयोजना गरेका संघर्षका कार्यक्रमप्रति एक्यवद्धता जनाएका थिए।
‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेअक्षताको रक्षा गरौं’ भन्ने मुल नाराका साथ धनगढी चौराहबाट शुरु भएको जुलुस पार्क मोडमा पुगेर बिरोध सभामा परिणत भएको थियो। सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चि प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गर्नुभएको थियो भने संचालन केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष लोकेन्द्र लम्साल र स्वागत प्रदेश सचिव लक्षिराम आचार्यले गर्नु भएको थियो।

सभामा बरिष्ठ बामपन्थि नेता रामचन्द्र भट्ट, ने कपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, तराई मधेश जनबादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेय, राजमो केन्द्रीय सदस्य कल्पना भण्डारी, राजमो केन्द्रीय सल्लाहकार शेरबहादुर बिक, समता समाजका महासचिव गोबिन्द बिक, जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक राना, युबक संघका केन्द्रीय सचिव प्रसान्त थापा, केन्द्रीय सदस्य धनिराम आचार्य, राजमो सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष केशवनाथ योगी, राजमो कंचनपुरका अध्यक्ष राम बहादुर कार्कि, उपाध्यक्ष मन्जु परियार, राजमो कैलालीका अध्यक्ष दयाराम संज्याल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्य,अखिल (छैठाैँ) का केन्द्रीय सदस्य उमेश कँडेल, र हेमराज भट्ट, जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, मजदुर नेता जनक कुवँर, प्रगतिशिल पत्रकार संघका सुशील ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।