• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भ्रष्टाचारविरुद्ध राजमो डोटीले बुझायो गाउँपालिकामा ज्ञापन


  •   बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
  • शिलगढी । डोटी जिल्लाको केआइसिं गाउपालिका वायलमा राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा हुने भ्रष्टाचार, कर वृद्धि, अनियमितता एवं ढिलासुस्ती विरुद्ध ज्ञापन पत्र बुझाएको छ।

    Advertisement

    बुधबार राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केशवनाथ योगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा स्थानीय तह विकास निर्माणको अड्डा हुनुको साटो भ्रष्टाचारको अड्डामा परिणत हुँदै गएको बताइएको छ।

    यस्तो छ, ज्ञापन पत्र
    नेपालको संविधान २०७२ जारी भईसकेपछि गठन गरिएका ७५३ वटा स्थानीय तहलाई कानुन निर्माण गर्ने, आर्थिक श्रोतको पहिचान तथा परिचालन गर्ने स्थानीय आवश्यकता अनुसार विकास निर्माण समबन्धी कार्ययोजना बनाउने र कार्यानवयन गर्ने लगायतका थुपै अधिकारहरु संविधानले प्रदान गरेको छ । यसका साथै स्थानीय तहकालागी केन्द्रीय सरकारले प्रदान गर्ने गरेको वजेटलाई स्थानीय जनताको आवश्यकताका आधारमा योजना बनाई परिचालन गर्नु जनप्रतिनिधिको कर्तव्य हो ।

    स्थानीय सरकार गठन भएर तेस्रो आर्थिक २०७६।०७७ वर्ष चालु भई सकेको छ । स्थानीय सरकार गठन भईसके पछिका दुईवटा आर्थिक वर्षको योजना काम क्रियाकलाप र विकास निर्माण सम्बन्धी योजना आदीको अवस्था हेर्दा स्थानीय जनताको आवश्यकता अनुसार भन्दा पनि आफ्नो नजिकको विचारसँग आवद्व नेता कार्यकर्ताहरुको चाहना अनुरुप बजेट विनियोजन भई रहेको कुरा स्थानीय जनसमूदायको आरोप छ ।

    स्थानीय तहमा स्वेच्छाचारी तरिकाबाट कर्मचारी भर्नादेखि लिएर बजेट विनियोजन र कार्यक्रमको स्वीकृति पार्टी विचारका आधारमा भइरहेको परिवेशलाई सही मान्न सकिन्न । स्थानीय तहमा हुने आर्थिक कारोबार तथा योजनाहरुमा समेत विभिन्न तरिकाबाट आर्थिक अनियमितता भई रहेको समेत स्थानीय जनताको आरोप छ ।

    वर्तमान परिवेशमा हेर्दा देश भरिका स्थानीय तहहरुको स्थिती ज्यादै बदनामित अवस्थामा छ । विकास निर्माणका अड्डा हुनुको साटो भ्रष्टाचारको अड्डामा परिणत हुँदै गईरहेको छ । माथि उल्लेखित बिषय वस्तुहरु प्रति राष्ट्रिय जनमोर्चा डोटीको गम्भीर ध्यानआर्कषण भएको छ ।

    स्थानीयमा हुने सम्पुर्ण क्रियाकलाप, वजेट विनियोजन कार्यक्रम सञ्चालन, स्थानीय सरकारले आयोजना गर्ने हरेक सार्वजनिक कार्यक्रम साझा कार्यक्रम भएकोले स्थानीय दल तथा संघ सस्थाहरुको सहयोग र समन्वयमा कार्यक्रमहरु निश्पक्षरुपमा नै अगाडि बढाउन जनप्रतिनिधिहरुलाई हाम्रो आग्रह छ ।

    केआईसि गाउपालिकामा हुने विकास निर्माण तथा बजेट विनियोजन लगायतका कार्यक्रमहरुमा स्थानीय जनताको अपनत्व हुनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौँ । उक्त कुरा साझा जनप्रतिनिधिहरुको साझा कामका आधारमा नै समभव हुने छ । त्यही अनुरुप नीति निर्माणको तहबाट अगाडि बढ्न यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

    प्रतिनिधि मण्डलमा अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा, राजमो जिल्ला सदस्य कृष्ण पुनमगर, राजमो प्रतिनिधि कविराज जोशी, सिद्व विक, केशव खड्का, शिवराज भट्ट,गोविन्द जोशी, शंकर बिक, कन्धरी भुललगायत रहनुभएको थियो ।

    बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.