काठमाडौं । जनवादी गायक हेमराज आश्रम र सुनिता थिङको आवाजमा ‘सुतेर नबस जनता’ बोलको गीत सार्वजनिक भएको छ ।
‘आवाज भाग ४’ मा समावेश गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको हो।
Advertisement
गीतमा शब्द तथा संगीत हेमराज आश्रमकै छ भने एरेन्ज र निर्देशन समेत आश्रमले नै गर्नुभएको छ । गतिको कोरियोग्राफर पियारी थापा रहनुभएको छ ।
नेपालको पहाडी क्षेत्रमा छायांकन गरिएको गीतको म्युजिक भिडियो निकै आकर्षक छ भने कलाकारहरुले जोशीलो नृत्यु प्रस्तुत गरेका छन् । गीतले जनतालाई देशको अवस्थाबारे जागरुक गराउँदै वर्गीय लडाईंका लागि एकजुट हुन आह्वान गरेको छ ।
https://www.youtube.com/watch?v=6oSbHf75YA0&fbclid=IwAR0nPmfOha2t3Cwb8LQB1-_38SqPvU0v1jzpxm-czQjF1VbCWmdmEg0Z6QQ