भक्तबहादुर विक, काठमाडौँ ।
Advertisement
कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ । भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकको लाहान शाखाबाट सो रकम कृषि विकास बैंककै अन्य खातामा ट्रान्सफर गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
सो मध्ये ६० लाख रकम ह्याकर समूहले झिकेको र सो कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत रहेका छन् ।