कोरोना भाइरसको संक्रमणका कारण रोकिएको बहुचर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को सुटिङ सुरु भएको छ ।
तर यो वर्षको कार्यक्रममा लाइभ दर्शक भने हुनेछैनन् । सेटमा पनि थोरै प्राविधिकले मात्रै काम गर्नेछन् ।
अमिताभ बच्चनले केही तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘१२औँ पर्व केबीसीः कौन बनेगा करोडपति आरम्भ !’
T 3652 – 20 साल ; १२ वाँ पर्व ; KBC : कौन बनेगा करोड़पति , आरम्भ ! pic.twitter.com/0UQXc7ewS5
— Amitabh Bachchan (@SrBachchan) September 7, 2020
कोरोना संक्रमणका कारण यसवर्ष मनोरञ्जनात्मक कार्यक्रममा गम्भीर असर परेको छ । अमिताभ बच्चन पनि सपरिवार कोरोना संक्रमण भएर सन्चो भएका हुन् ।
‘कौन बनेगा करोड़पति’ को यो १२औँ सीज़न हो र यसपटक यसको नारा छ ‘जो भी हो, सेटबैकका जवाब कमबैक से दो ।’
लोकप्रिय गेम शो ‘कौन बनेगा करोडपति’ को एघारौं सिजन गत मंसिरबाट बन्द भएको थियो ।

