रामप्रकाश पुरी, काठमाडौँ ।
अखिल नेपाल युवक संघका तत्कालिन अध्यक्ष स्वर्गीय हेम प्रसाद पुनको १३ औँ स्मृति सभा सम्पन भएको छ।
मंगलबार गल्कोट नगरपालिका सानो रिघामा सम्पन भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापाले स्वर्गीय हेमप्रसाद पुनको अभाव सिङगो समाजमा खड्किरहेको बताउनुभयो । ईमानदार, सरल र अध्यनसील स्वाभावका स्व. पुनको बिचारलाई पछ्याएर अघि बढ्नुपर्ने कुरामा अध्यक्ष थापाले जोड दिनु भएको थियो।
राजमो गल्कोट नगरपालिका वडा न ११ का अध्यक्ष बल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिहंले गर्नु भएको थियो।

कार्यक्रमा राजमो जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल युबक संघ केन्द्रीय कोषाध्यक्ष भिमसेन बन, राजमो जिल्ला सल्लाहकार बेदिलाल सापकोटा, गल्कोट नगर अध्यक्ष टंक बहादुर केसी, नगर सदस्य नारायण सापकोटा, बडा नं ११ का सदस्य माया सिञ्जाली, स्व. पुनको परिवारको तर्फबाट भाइ नरेन्द्र पुन, को समेत आथित्यता रहेको स्मृति सभामा स्वागत मन्तब्य भक्तिराम पुनले राख्नु भएको थियो ।