काठमाडौं । जनवादी गायक लीला परियारको नयाँ गीत ‘आउने छ क्रान्ति’ सार्वजनिक भएको छ । गीतमा गायक परियार र दीलमाया पुनको स्वर छ ।
Advertisement
सो गीत आश्रम म्युजिकमार्फत सार्वजनिक भएको हो । गीतको शब्द र संगीत पनि परियाले नै गर्नुभएको छ भने एरेन्ज हेमराज आश्रमले गर्नुभएको छ । लीला परियारले विदेशी भूमिमा बसेर पनि प्रगतिशील गीतसंगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ ।
प्रस्तुत गीतले नेपालमा गरिखाने वर्गको शासन सत्ता ल्याउन संषर्ष गर्न प्रेरित गरेको छ भने जनताको सत्ता आउने विश्वास प्रकट गरेको छ । नेपालको ग्रामिण परिवेशका दृष्यहरु देखाइएको गीतको म्युजिक भिडियो पनि उस्तै आकर्षक छ ।
https://www.youtube.com/watch?v=T-29BPS_qz8&feature=share&fbclid=IwAR1tyYH-2JShGUMnJIpj7cwv0lTTj5I9knkatpiwnOTlCK6EU-jkr4ZoXmc