काठमाडौँ । समुद्रबाट भारततर्फ प्रवेश गरेको तीनोटा मौसमी प्रणालीका कारण नेपालको हिमाली तथा पहाडी जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।
मौसमविद् हस्त रावलले आज बिहान जारी गरेको मौसमी पूर्वानुमानअनुसार सो स्थिति देखि परेको हो ।
रावलले आफूले शुक्रबार राति ८:१५ बजे प्रस्तुत गरेको मौसमी प्रणालीमा केही परिवर्तन देखिएको बताएका छन् ।
उनका अनुसार पहिलो नेपालतिर प्रवेश गर्ने मौसमी प्रणाली भारतको आन्ध्र प्रदेश विजयवाडा हुँदै हैदराबाद पुग्ने र त्यहाँ भीषण वर्षा गराउने देखिएको छ ।
दोस्रो मौसमी प्रणाली पनि भूवनेश्वर हुँदै नेपाल पुग्ने थियो तर झारखण्ड पुगेर समाप्त हुने रावलले बताएका छन् ।
तेस्रो मौसमी प्रणाली पश्चिम बङ्गाल, बङ्गलादेश, पूर्वाेत्तर भारत, भुटान हुँदै अगाडि बढ्ने देखिएको छ । यो प्रणालीले सिक्किमनजिक रहेको कोशी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना बनिरहेको छ ।
यही मौसमी प्रणालीको क्रममा नेपालको उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना बनिरहेको उनले बताए ।
मौसमविदहरूले आगामी मङ्गलवारदेखि नेपालमा मौसमी परिवर्तन हुने पूर्वानुमान गरेका छन् । अहिलेको मौसम प्रणाली अपडेड यसैसित सम्बन्धित छ ।






