सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय राजेन्द्र रोकाया मृत फेला परेका छन्।
Advertisement
अछामको रामारोशन गाउँपालिका–५ घर भएका रोकाया बिहीबार बिहान आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
रोकाया विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।





