• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. कवि

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

पितरापर्व मनाउँदै माझी समुदाय


  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
  • धुलिखेल । काभ्रेपलाञ्चलाञ्चोका माझी समुदायले परापूर्वकालदेखि बडादसैँको टिका तथा तिहारमा भाइटिकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो पितरापर्व मनाउने गर्दछन् ।

    Advertisement

    प्रत्येक वर्ष बडादसैँको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटिकाको भोलिपल्ट तृतीयाका दिन यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दै आएका हुन् ।

    अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्यतिथिमा श्राद्ध गर्ने चलन छ तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नुपर्दैन । अल्पसङ््ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै पितरापर्व भनिने गरिएको हो ।

    मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षको बिचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको बडादसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ ।

    उनी भन्छन्– ‘यस परम्परालाई निरन्तरता दिन स्थानीय युवाले अग्रसरता लिँदै आएका छन् ।’

    विशेषगरी आँपचौरमा माझी समुदायको बाक्लो बस्ती रहेको छ । माझी समुदाय मिलेर बस्तीभरि वर्षमा जति जनाको निधन हुन्छ, उनीहरूको नाममा एकैसाथ सामूहिक रूपमा पितरा पर्व मनाइने गरिएको माझीको भनाइ छ ।

    किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठुलो नदीछेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरूलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरू मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौ’ भनी वरदान दिएका थिए । त्यसैबेलादेखि यो पितरा पर्वको संस्कृति सुरुआत भएको सुन्दै आएको स्थानीय माझीहरू बताउँछन् ।

    यस पर्वको चलन पनि अनौठो खालको छ । यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट ‘पितरा’ निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको स्थानीय राजकुमार माझीले बताउँछन् ।

    उनका अनुसार पर्वको परम्पराअनुसार तिहारको भाइटिकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको बडादसैँको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने बडादसैँको भोलिपल्टदेखि भाइटिकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ ।

    नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भए पनि पितरापर्व फरक संस्कृतिरीति भएको बताइन्छ । स्थानीय ध्रुव माझीका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पुर्‍याई पितृलाई निमन्त्रणा गर्न उनीहरूलाई विभिन्न बहानामा चढेर आउन् भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायतका सवारी साधनको चित्र कोरिन्छ । मृतात्मा तीनै सवारीसाधनमा चढेर आउँछन् भन्ने जनविश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृति पनि कोरिएको हुन्छ । पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’ पनि गर्ने गर्छन् ।

    पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नु पर्ने पम्परा रहँदै आएको छ । पितरा निकाल्ने दिन ‘मूल भोटे’ ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्दछन् । यस कार्यका लागि माझीकै दुई बालिकालाई पुरोहितका रूपमा पुजिन्छ । उनीहरूलाई अन्य समुदायका व्यक्तिले छुन नहुने र यदि कसैले छोएमा तिनीहरूको मृत्युसम्म हुने मान्यता पनि रहिआएको छ ।

    पर्वका क्रममा मूलभोटेले दुई ‘गुरुङ’ को छनोट गरी उनीहरूकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दु:खसुखका गीत गाउने प्रचलन रहेको छ । बाटो मर्मत र सफा गर्दै पुन:घरमा फर्केर मृतकको के इच्छा छ, त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाहअनुसार परिवारले यदी चाहेमा मात्र आत्मालाई बोलाइने गरिएको माझी बताउँछन् ।

    पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि गरिन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ । यस पर्व मनाएपछि मरेका आफन्तको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको ‘विघ्नबाधा’ नआउने मान्यता रहेको छ । कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि माझीहरू खुसीसाथ बडादसैँ मनाउने गरेको अनुभव सुनाउँछन् । (रासस)

    आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..
    सयपत्रीले बदलेको गाउँको दृश्य
    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • २.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ३.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    • ४.
      सयपत्रीले बदलेको गाउँको दृश्य

    • ५.
      मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

    • ६.
      राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

    • ७.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • ८.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.