काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
Advertisement
राष्ट्रपति भवन शीतल निवासमा २०८३ असोज २९ गते आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सोहीअनुसार वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।





