• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सहरको स्वादका लागि १५ वर्षदेखि टिका छुटाउँदै बझाङी


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • भूमिराज पिठातोली, चैनपुर ।

    Advertisement

    घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दशैँमा टिका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो ।

    घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्नुहुन्छ । सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टिका थाप्न र परिवारसँगै बसेर दशैँ मनाउनबाट वञ्चित हुनुपर्छ ।

    घुरनसहितका व्यापारीको श्रमले सहरको चाडलाई स्वाद दिन्छ तर त्यही व्यापारले आफ्नै चाडको खुसी खोसिदिन्छ । साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुरले दशैँमा आमाको हातबाट टिका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो ।

    भेडाच्याङ्ग्राको व्यापार उहाँका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत हो । त्यसैले चाडपर्वमा घर फर्किने रहर भएर पनि व्यापारको जिम्मेवारीले बजारतर्फ डोर्‍याउँछ । आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ । सन्तानलाई शुभकामना पनि फोनबाटै दिनुपर्छ ।

    ‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दशैँ आएजस्तो नै लाग्दैन । परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्’ घुरन सुनाउँछन् ।

    साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उहाँले पनि डेढ दशकदेखि दशैँतिहार परिवारसँग बसेर मनाउन पाएका छैनन् । दशैँ बाटोमै बित्छ, तिहार सहरकै व्यस्ततामा सकिन्छ ।

    ‘वर्षभरिको आम्दानी हुने चाडवाडको बेला दशैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ’ उज्ज्वल भन्छन् ।

    घुरन, उज्ज्वल, राजेन्द्र, सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन् । साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौँ जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुन्छ । ट्रकचालकहरू बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडा च्याङ्ग्राका साहु र सहयोगीलाई बिक्री गर्न समय लाग्छ । उनीहरूको दशैँतिहार बाटोमै सकिन्छ ।

    ‘बिचमा कसैले टिका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ’ साइपाल–१ का रमेश धामीले भने– ‘नत्र निधारमा टिका र कानमा जमरा नलगाई चाड बित्छ । परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्‍याउँछ ।’

    साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउन थालिएको २०६८ सालदेखि हो । त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे । स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीले पशुको हेरचाह र ढुवानीमा सहयोग गर्ने मानिस खोज्थे ।

    घुरनबहादुरले पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेर यो व्यवसायको अनुभव बटुलेका थिए ।

    ‘म सुरुमा २०६४ सालमा सहयोगीको रूपमा पोखरा पुगेको थिएँ’ उनी भन्छन्– ‘मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्याङ्ग्रा किन्न आउँथे । भेडासँगै सहयोगी पनि खोज्थे । उहाँहरूसँग आफ्नै भेडाच्याङ्ग्राका सहयोगी भएर गन्तव्यमा पुग्थ्यौँ । साहुले काम गरेको पैसा दिन्थे र फर्किन्थ्यौँ ।’

    सहयोगीका रूपमा काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीको अनुभव हासिल गरेको उनी बताउँछन् ।

    ‘सहयोगीका रूपमा चार वर्षको अनुभवपछि आफैँले टिम बनाएर व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा निर्यातमा लागेँ’ उनी भन्छन्– ‘सुरुको वर्ष कर्णालीका विभिन्न जिल्ला हुँदै पोखरा भेडा हिँडाएर पुर्‍यायौँ । त्यो बेलामा बेच्दै हिँड्दै गर्यौँ । ठ्याक्कै एक महिना लागेको थियो ।’

    पहिले पशु हिँडाएरै लामो दुरी पार गर्नुपर्ने अवस्था थियो । अहिले भने ट्रकमा ढुवानी गरिने उनले बताए ।

    उच्च हिमाली क्षेत्रमा जडीबुटी र प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासुको स्वाद पोखरामा विस्तारै लोकप्रिय हुँदै गएको व्यापारीको अनुभव छ ।

    सोही ठाउँका व्यापारी राजेन्द्रबहादुर धामी भन्छन्– ‘पोखराबाट सुरु भएको बजार काठमाडौँसम्म फैलिएको छ । ग्राहक बढेसँगै कतिपयले व्यापारी पुग्न ढिला भए पनि प्रतीक्षा गर्ने गरेका छन् ।’

    यसले हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि नयाँ बजारको सम्भावना खोलेको छ । गाउँमा पालिएका पशु स्थानीय बजारमा मात्र सीमित नरही टाढाका उपभोक्तासम्म पुग्न थालेका छन् ।

    उपभोक्ताको हातमा नपुगुन्जेल दु:खैदु:ख

    बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्‍याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ । कतिपय अवस्थामा एक सातासम्म बाटोमै बित्छ । पशुलाई दिनभर गाडीमा राखेर लैजान सकिँदैन । बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ । साँझ भएपछि मात्र गाडीमा लोड गरेर यात्रा अघि बढाइन्छ । धेरै सङ्ख्यामा ल्याउँदा पनि चुनौती हुने गरेको धामी बताउँछन् ।

    धामीका अनुसार यस वर्षमात्रै साइपाल गाउँपालिकाबाट ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौँका लागि पठाइएको छ । गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो । जिल्लाभरबाट भने करिब ६० ट्रकबराबर भेडाच्याङ्ग्रा पोखरा निर्यात हुने गरेको उनी बताउँछन् ।

    एउटा ट्रकमा औसतमा ६५ ओटा भेडाच्याङ्ग्रा अटाउने व्यापारीको विवरण छ । यस हिसाबले साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा औसत क्षमताअनुसार करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भए ।

    गाउँपालिकाले भेडाच्याङ्ग्रा निर्यातबापत प्रतिगोटा रु १०० का दरले राजस्व सङ्कलन गर्ने गरेको छ ।

    साइपाल गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहले भने– ‘पालिकाको कार्यपालिकाको निर्णयानुसार राजस्वबापत प्रतिगोटा रु १०० का दरले सङ्कलन गरेका छौँ ।’

    यसले स्थानीय तहमा व्यापार राजस्वको स्रोत देखिने उनले बताए ।

    उनका अनुसार बझाङको सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि यसरी नै राजस्व सङ्कलन गर्ने गरेको छ । सङ्ख्या यकिनपछि पालिकाको सिफारिससहित आवश्यक कागजात तयार पारेर भेडाच्याङ्ग्रा निर्यात गर्ने गरेको उनले बताए ।

    एउटा पशुमा पाँच हजारसम्म अतिरिक्त खर्च

    साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्याङ्ग्राको यात्रामा रु पाँच हजारसम्म अतिरिक्त खर्च हुन्छ । गाउँमा एउटा भेडाच्याङ्ग्रा खरिद गर्न रु २५ हजारदेखि रु ३० हजारसम्म लगानी गर्नुपर्ने उनी बताउँछन् । खरिदपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोका अन्य खर्च थपिन्छन् ।

    ‘रु २५–३० हजारसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ’ धामी भन्छन्– ‘तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा बेहोर्नुपर्ने हुन्छ ।’

    धेरै पशु एकैपटक खरिद गर्ने व्यापारीले ठुलो रकम लगानी गर्नुपर्छ । बजारसम्म पुग्दा थप खर्च भइसकेको हुन्छ तर बिक्री मूल्य सुनिश्चित हुँदैन । अपेक्षित मूल्य नपाएमा लगानी उठाउन कठिन हुने गरेको धामीले बताए ।

    व्यापारको अर्को जोखिम उपभोक्ताको धारणा पनि हो । धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बजार प्रभावित भएको थियो । अन्तत: व्यापारीले लिलामी गरेजस्तै गरी बेचेर फर्किनुपरेको उनले सुनाए ।

    लामो दुरीको यात्रा गर्दा व्यापारीले आर्थिक जोखिम मात्रै उठाउँदैनन्, सामाजिक र व्यावहारिक कठिनाइ पनि भोग्छन् । पशुलाई बाटोमा चराउन स्थानीयसँग अनुमति लिनुपर्छ । कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकम तिर्नुपर्छ तर पैसा तिरेपछि पनि व्यवहार सहज हुँदैन ।

    ‘चराउन नपाए भेडा च्याङ्ग्रा बाटोमै मर्छन् । कतै बिरामी हुन्छन् । त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ । बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ’ धामी भन्छन् ।

    बाटोमा सुरक्षाले पनि निकै दु:ख दिने गरेको उहाँहरूको बुझाइ छ । सबै प्रक्रिया पुर्‍याउँदा पनि बाटोमा सुरक्षा निकायले अनेक झमेला गर्छन् ।

    धुरनले भने– ‘हामी जिल्लाबाट बाहिर जाँदा सबै कागजात तयार गरेर मात्रै जान्छौँ तर बिचमा सुरक्षा निकायले कतै कागजात नपुगेको, लाइसेन्स वा बिलबुकसम्बन्धी कतै न कतै खोट देखाएर झमेलामा अल्झाउँछन् ।’

    स्वास्थ्य परीक्षणपश्चात निर्यात

    ठुलो सङ्ख्यामा भेडाच्याङ्ग्रा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । लामो दुरीको ढुवानी र विभिन्न स्थानमा पशुको जमघट हुँदा सङ्क्रमण तथा रोग फैलिन सक्ने जोखिम हुने भन्दै परीक्षण गरेरमात्रै निर्यात गर्ने गरिएको छ ।

    पशु चिकित्सक डा रवि थारूका अनुसार जिल्लाबाट भेडाच्याङ्ग्रा पठाउँदा परीक्षण गरेर पठाउने गरिएको छ ।

    ‘यति ठुलो मात्रामा पठाउँदा विनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलन सक्छ’ थारू भन्छन्– ‘त्यसैले पशुको परीक्षण, प्राथमिक उपचारका लागि औषधी, व्यवसायीसँग आवश्यक कागजात सबै पूरा गरेपछि मात्रै पठाउँछौँ ।’

    स्वास्थ्य परीक्षणले सम्भावित रोगको जोखिम कम गर्न र उपभोक्तासम्म स्वस्थ पशु पुर्‍याउन सहयोग गर्ने उनले बताए । (रासस)

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.