काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
Advertisement
सेनाका अनुसार बाढीप्रभावित जगत् इलाकाबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारूबाट एक शिशु तथा एक विदेशीसहित नौ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको हो ।
खोजी तथा उद्धारका लागि चारोटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ ।
सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।





