• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मानव समाजको विकास

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

बहुराष्ट्रिय कम्पनीलाई प्राथमिकता दिँदा राष्ट्रिय अर्थतन्त्रमा असर पर्छ : केसी


  •   शनिबार, असोज २४, २०८३ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय पुँजीको संरक्षण र स्वदेशी उद्योग तथा व्यापारको प्रवद्र्धनमा जोड दिनुको सट्टा बहुराष्ट्रिय कम्पनीलाई प्राथमिकता दिने नीतिले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउनुभएको छ ।

    २०८३ असोज २४ गते शनिबार अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ बुटवल नगर समितिको प्रथम सम्मेलनमा मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    सम्मेलनको उद्घाटन गर्दै उहाँले साम्राज्यवादी शक्तिहरूले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको र त्यस क्रममा बहुराष्ट्रिय कम्पनीलाई प्रश्रय दिइँदा देशको अर्थतन्त्र गम्भीर र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको स्पष्ट पार्नुभयो ।

    अध्यक्ष केसीले राष्ट्रिय उद्योग, व्यापार तथा व्यवसायको विकासबाट मात्रै देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो ।

    उहाँले स्वदेशी उद्योग र व्यवसायको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय पुँजीलाई कमजोर बनाउने नीतिले देशको आर्थिक स्वाधीनतामाथि असर पार्न सक्ने जिकिर गर्नुभयो ।

    केसीले विदेशी लगानी तथा बहुराष्ट्रिय कम्पनीलाई प्राथमिकता दिने क्रममा स्वदेशी उद्योगी, व्यवसायी र साना उद्यमीको हितलाई बेवास्ता गर्न नहुने बताउनुभयो ।

    ‘राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने, स्वदेशी वस्तुको उपभोग बढाउने, घरेलु उद्योगको संरक्षण गर्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने नीति नेपाललाई आवश्यक छ’ उहाँले भन्नुभयो ।

    उहाँले नेपालमा विदेशी शक्तिको प्रभाव बढ्दै गएको टिप्पणी गर्दै राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    साम्राज्यवादी शक्तिहरूले आफ्नो आर्थिक तथा राजनीतिक स्वार्थ पूरा गर्न विभिन्न माध्यमबाट प्रभाव विस्तार गर्ने गरेको आरोप लगाउँदै उहाँले नेपाल कुनै पनि विदेशी शक्तिको स्वार्थमा प्रयोग हुन नहुने धारणा राख्नुभयो ।

    अध्यक्ष केसीले देशको वर्तमान परिस्थितिलाई चुनौतीपूर्ण रूपमा व्याख्या गर्दै राष्ट्रिय अर्थतन्त्रको विकास र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    देशको आर्थिक विकासका लागि स्वदेशी स्रोतसाधनको अधिकतम उपयोग, उत्पादनमूलक क्षेत्रमा लगानी र उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण आवश्यक रहेको उहाँको भनाइ थियो ।

    उहाँले उद्योगी तथा व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै साना तथा मझौला उद्योगको संरक्षण, उत्पादनमा वृद्धि र व्यापार व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    पाण्डेको अध्यक्षतामा नयाँ समिति

    सम्मेलनले ज्ञानप्रसाद पाण्डे अध्यक्ष रहनुभएको उद्योग व्यापार सङ्घको नगर समिति गठन गरेको छ ।

    नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बन्जाडे, उपाध्यक्षमा दीपक योगी, सचिवमा दीपक बस्नेत, कोषाध्यक्षमा मेखबहादुर जिसी र सहसचिवमा अमृता पुन चयन हुनुभएको छ ।

    त्यसैगरी सदस्यमा चुरामणि बन्जाडे, ध्रुव केसी, एलिना श्रेष्ठ, प्रकाश पोख्रेल, लालबहादुर बुढाथोकी, भीम शर्मा र चेतन केसी चयन हुनुभएको छ ।

    समितिको सल्लाहकारमा शशिराम पौडेल र नारायण पुन रहनुभएको छ ।

    सम्मेलनमा उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, निवर्तमान अध्यक्ष ढुण्डिराज शर्मा, वाम बुद्धिजीवी दुर्गानाथ खरेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, राजमो नेताहरू चन्द्रबहादुर केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्री सदस्य रुकबहादुर पराजुली र गणेश गौतम, अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का पूर्व अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य लीलबहादुर केसी, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहभागी वक्ताहरूले उद्योगी तथा व्यवसायीका समस्या समाधान, स्वदेशी उत्पादनको प्रवद्र्धन र व्यापार व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

    सम्मेलनको अध्यक्षता उमलाल बन्जाडेले गर्नुभएको थियो । जिल्ला कोषाध्यक्ष दिनेश पाण्डेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा गङ्गालाल सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम परिवारका कलाकारले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारको सांस्कृतिक प्रस्तुतिले सम्मेलनमा सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो ।

    शनिबार, असोज २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश
    ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित
    सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’
    पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि
    गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००
    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      मानव समाजको विकास

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    • ३.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • ४.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ५.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ६.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ७.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ८.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.