काठमाडौं । चर्चित गयिका आनि छोईङ डोल्मा बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ ।
Advertisement
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आनिलाई सो पदमा नियुक्त गरिएको मन्त्री योगश भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिनुभयो ।
मन्त्री भट्टराईले बिहीबार आनिलाई समितिको सदस्य पदमा नियुक्त गर्नुभएको हो ।