• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, भदौ ०२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित

श्रीलङ्कामा न्यायिक सुधार विवादमा

जापानी राजदूतलाई रुसी स्पष्टीकरण

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ६. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ७. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ८. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • ९. सर्पले डसेर महिलाको मृत्यु

  • १०. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

सापसको ५५औँ वार्षिकोत्सवमा पाँच सर्जक अभिनन्दित


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २९ । साहित्यिक पत्रकार संघ (सापस)को ५५औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकलाई ‘सापस विशिष्ट सर्जक सम्मान’द्वारा अभिनन्दन गरिएको छ।

    Advertisement

    अभिनन्दित हुनेमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास तथा कलाकारद्वय चैत्यदेवी सिंह र सन्तोष पन्त रहेका छन्। कार्यक्रममा कवि दीपा राई पुन (अमेरिका)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८२’ प्रदान गरिएको थियो।

    संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्य प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित थिए। कर्माचार्य र लेकालीले सम्मानित सर्जकलाई दोसल्ला, ढाकाटोपी तथा फूलमाला लगाई अभिनन्दनपत्र प्रदान गरेका थिए।

    कार्यक्रममा समालोचक प्रमोद प्रधानले अभिनन्दित सर्जकहरूको योगदान र परिचय प्रस्तुत गरेका थिए। उनले कवि ज्ञान उदासका आठ कृति प्रकाशित भएको, प्रा. मदन चित्रकारका कला सम्बन्धी पुस्तक प्रकाशित भएको तथा चैत्यदेवी सिंहले अभिनय, नृत्य र गीति नाटकका क्षेत्रमा योगदान पुर्‍याएको बताए।

    त्यस्तै, संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ इतिहास, पुरातत्त्व तथा नेवारी संस्कृति अध्ययन–अनुसन्धानमा सक्रिय रहेको र कलाकार सन्तोष पन्तले रेडियो नाटक, रंगमञ्च तथा टेलिसिरियलमार्फत छुट्टै पहिचान बनाएको प्रधानले उल्लेख गरे।

    अध्यक्ष लेकालीले वि.सं. २०२९ मा स्थापित संघले विभिन्न आरोह–अवरोह पार गर्दै साहित्यिक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको बताए। संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको तथा स्रष्टाका कृतिलाई अडियोमा ल्याउने कार्यसमेत सुरु गरेको जानकारी दिए।

    सम्मानित सर्जकहरूले आफूहरूको योगदानको मूल्याङ्कन गरी सम्मान गरेकोमा संघप्रति आभार व्यक्त गरे। कार्यक्रममा कवि ज्ञान उदासले दुई मुक्तक वाचन गरेका थिए भने विभिन्न व्यक्तित्वले शुभकामना मन्तव्य दिएका थिए।

    अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले सहजीकरण गरेकी थिइन्।

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट
    संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा
    बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति
    त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा
    कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित
    श्रीलङ्कामा न्यायिक सुधार विवादमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ६.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    भर्खरै

    • १.
      रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

    • २.
      संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

    • ३.
      बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

    • ४.
      त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

    • ५.
      मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

    • ६.
      कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित

    • ७.
      श्रीलङ्कामा न्यायिक सुधार विवादमा

    • ८.
      जापानी राजदूतलाई रुसी स्पष्टीकरण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.