• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

वैदेशिक प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन ७ । जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीस्वरूप नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा प्रस्थान गर्ने भएको छ।

    Advertisement

    प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्। घनश्याम, अंकु, रवि र करुण भने हाल भारतमै प्रशिक्षणरत छन्। घनश्याम हरियाणामा रहेका छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यहीँबाट टोलीमा आबद्ध हुनेछन्।

    टोलीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल तथा व्यवस्थापक पर्शुराम ओली रहेका छन्। व्यवस्थापक ओली भने केही दिनपछि टोलीसँग जोडिनेछन्।

    नेपाली टोलीले हरियाणास्थित सन्दीप नरवाल एकेडेमीमा एक महिनासम्म प्रशिक्षण गर्नेछ। त्यसपछि प्रशिक्षणलाई निरन्तरता दिन थाइल्यान्ड जाने योजना रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।

    महासचिव झाले चाइनिज ताइपेइको सहभागिताका आधारमा थाइल्यान्ड भ्रमणको निर्णय हुने बताए। उनका अनुसार, चाइनिज ताइपेइ पनि थाइल्यान्ड पुगेमा नेपाल, थाइल्यान्ड र चाइनिज ताइपेइबीच त्रिदेशीय अभ्यास खेल हुनेछ। यदि चाइनिज ताइपेइ थाइल्यान्ड नगएमा नेपाली टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिँदै स्थानीय टोलीहरूसँग अभ्यास खेल खेल्नेछ।

    टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुनेछ।

    नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौँ एसियाली खेलकुद सहभागिता हुनेछ। यसअघि टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा सहभागिता जनाएको थियो।

    नेपाली महिला कबड्डी टोलीले पनि २०औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ। महिला टोलीको यो दोस्रो सहभागिता हो। चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागी भएको नेपाली महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ तथा अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार आयोजित एक कार्यक्रमबीच बिदाइ गरे। कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई उत्कृष्ट तयारी गर्न आग्रह गर्दै एसियाली खेलकुदमा सफल प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।

    आईएसएफ कार्यकारी सदस्यमा राजकुमार कार्की पुनः निर्वाचित

    अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा सम्पन्न साधारणसभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोस्रो कार्यकालका लागि कार्यकारी सदस्यमा निर्वाचित भएका छन्। निर्वाचनबाट सर्बियाका जेल्ज्को तानास्कोभिक अध्यक्षमा निर्वाचित भएका छन्।

    कार्यकारी सदस्यका १४ पदका लागि २४ देशका उम्मेदवारबीच भएको प्रतिस्पर्धामा नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव कार्कीले करिब ७० प्रतिशत मत प्राप्त गर्दै विजयी भएका हुन्। कार्कीका अनुसार निर्वाचित सदस्यहरूमध्ये उनले दोस्रो उच्च मत प्राप्त गरेका छन्।

    सन् २०१८ देखि आईएसएफको टेक्निकल कमिसनअन्तर्गत तेक्वान्दो अध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहेका कार्की आगामी चार वर्षका लागि पुनः कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्।

    पुनः निर्वाचित भएपछि कार्कीले यसलाई आफ्नो व्यावसायिक जीवनकै महत्वपूर्ण सम्मानमध्ये एक तथा नेपाल र नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

    उनले आफूलाई विश्वास, भरोसा र अमूल्य समर्थन प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालमा इमानदारी, समर्पण र जिम्मेवारीका साथ सेवा गर्ने प्रतिबद्धता जनाए।

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.