• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं। सिर्जना डबलीद्वारा स्थापित बाल सिर्जना डबलीको आयोजनामा “बाल प्रतिभा कार्यक्रम–२०८३” अन्तर्गत आयोजित भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बालबालिकाको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउनुका साथै सिर्जना डबलीको आधिकारिक वेबसाइट srijanadabali.com को औपचारिक विमोचन गरिएको छ।

    Advertisement

    कार्यक्रममा सिर्जना डबलीका अध्यक्ष समीर सिंह प्रमुख अतिथि तथा वरिष्ठ बाल साहित्यकार प्रा. डा. ध्रुवकुमार घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। प्रमुख अतिथि सिंहले बाल प्रतिभाको विकासका लागि सिर्जना डबली निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै वेबसाइटको विमोचन गरेका थिए। उनले डिजिटल माध्यममार्फत नेपाली साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा वेबसाइटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    विशिष्ट अतिथि प्रा. डा. घिमिरेले बाल स्रष्टाहरूले प्रस्तुत गरेका रचनाको समीक्षात्मक विश्लेषण गर्दै भाषा, प्रस्तुति, विषयवस्तु र सिर्जनात्मक पक्षमा उपयोगी सुझाव दिएका थिए। उनले यस्ता कार्यक्रमले बाल साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

    कार्यक्रमको अध्यक्षता ममता रावतले गरेकी थिइन्। कार्यक्रममा सिर्जना डबलीका इन्चार्ज रामप्रकाश पुरी, प्रगतिशील साहित्यकार मोहनविक्रम सिंह, सल्लाहकार रामदेव पाण्डे, बाल सिर्जना डबलीकी इन्चार्ज तथा सिर्जना डबलीकी उपाध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, उपाध्यक्षद्वय जगतप्रसाद रेग्मी र प्रदीप प्रधान, महासचिव भीष्म जोशी, सचिव वैरागी जेठा तथा कोषाध्यक्ष ऋतु केसीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन अग्रिम सापकोटाले गरेका थिए भने समृद्धि प्याकुरेलले स्वागत मन्तव्यसहित कविता वाचन गरेकी थिइन्। राष्ट्रिय गानबाट औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो।

    रचना वाचन सत्रमा हितेश पौडेल, शिशिर पराजुली, स्पर्श अधिकारी, दीक्षा महतो, प्रसिद्धि भण्डारी, सान्वी जोशी, दिपिशा महतारा, सृष्टि शाही, एलिसा मगर, मनीषा उपाध्याय, नविन रावत, सुष्मा परियार, अर्चना शर्मा (पूर्वी सिक्किम), अनुराग घिमिरे तथा अध्यक्ष ममता रावतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। सहभागी बाल स्रष्टाहरूका रचनाले बाल साहित्यप्रतिको रुचि, कल्पनाशीलता र सिर्जनात्मक क्षमताको प्रभावशाली परिचय दिएका थिए।

    बाल सिर्जना डबलीकी इन्चार्ज कल्पना पौडेल ‘जिज्ञासु’ले बाल स्रष्टाहरूको उत्साहजनक सहभागिताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने बताइन्।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष ममता रावतले अध्यक्षीय मन्तव्यसहित आफ्नै कविता वाचन गर्दै बाल स्रष्टाहरूलाई निरन्तर अध्ययन, सिर्जना र अभ्यासमा लागिरहन प्रेरित गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, बाल स्रष्टा तथा सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन घोषणा गरिन्।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.