• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने


  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन २ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मे’ नाटक आगामी भदौ २१ गते काठमाडौँमा मञ्चन हुने भएको छ।

    Advertisement

    नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाहलमा नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । नाटक प्रदर्शनका लागि हल बुकिङलगायतका प्रारम्भिक तयारी पूरा भइसकेको व्यवस्थापन समितिले जनाएको छ ।

    नाटक प्रदर्शन व्यवस्थापन समितिका संयोजक आनन्दराज शर्माले कार्यक्रमको औचित्य र तयारीबारे जानकारी गराउनुभयो ।

    उहाँले नाटक प्रदर्शनले पार्टीमा रहेका तथा पार्टीबाट अलग भएका पुराना–नयाँ व्यक्तिहरूलाई समेत एउटै साझा गतिविधिमा जोड्ने वातावरण निर्माण गरेको बताउनुभयो ।

    वर्षायाममा ठूला आन्दोलन तथा संघर्षका कार्यक्रम सञ्चालन गर्न कठिन हुने भएकाले नाटक प्रदर्शनलाई सिर्जनात्मक गतिविधिका रूपमा अघि बढाइएको शर्माले बताउनुभयो ।

    ‘नाटक मञ्चनका लागि लामो समयदेखि रंगमञ्चमा सक्रिय अनुभवी तथा व्यावसायिक कलाकारहरू तयारीमा जुटेका छन् ।’ शर्माले अगाडि भन्नुभयो– ‘प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाहल बुकिङका लागि १ लाख ६५ हजार रुपैयाँ बुझाइसकिएको व्यवस्थापन समितिले जनाएको छ।’

    नाटक प्रदर्शनलाई सहभागिता र आर्थिक दुवै दृष्टिले सफल बनाउन आवश्यक योजना निर्माण तथा व्यवस्थापनका विषयमा भेलामा छलफल भएको थियो ।

    व्यवस्थापन समितिको सदस्यमा दुर्गा पौडेल, मनोज भट्ट, रामप्रकाश पुरी, भैरवराज रेग्मी, मीना पुन, निमबहादुर बुढा, हरिकान्त शर्मा, समीर सिंह, सुभाष जिसी र गिरीप्रसाद बुढा रहनुभएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली समाज (तत्कालीन अखिल भारत नेपाली एकता समाज) ले राष्ट्रिय पञ्चायत चुनाव बहिष्कारको पक्षमा मे १२, १९८६ मा नयाँदिल्लीमा सम्पन्न गरेको प्रदर्शन नै ‘१२ मे’ नाटकको विषयवस्तु रहेको छ ।

    उक्त प्रदर्शनमा भारतीय प्रहरीले १० महिलासहित ९५ जनालाई गिरफ्तार गरी जेलचलान गरेको थियो । नयाँदिल्लीको तिसहजारी र पटियाला अदालतको आदेशअनुसार प्रदर्शनकारीलाई तीन महिनासम्म जेलमा राखिएको थियो ।

    शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.