खिमराज चालिसे
चण्डिगढ । भारतको चण्डिगढ तथा आसपासका क्षेत्रमा बसोबास गर्ने गलकोटवासी नेपालीहरूको साझा संस्था गलकोट समाज चण्डिगढ, भारत को चौथो स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम १२ जुलाई २०२६ मा सम्पन्न भएको छ।
समाजसेवी तथा व्यवसायी राजकुमार वन प्रमुख अतिथि रहनुभएको कार्यक्रममा समाजसेवी गंगाबहादुर केसी र समाजसेवी एवं पत्रकार खिमराज चालिसे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा समाजका संरक्षक खेमचन्द शर्मा, पदाधिकारी तथा चण्डिगढ र आसपासका विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्य दिने वक्ताहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बिनु नेपाली, प्रवासी नेपाली मञ्चका जगदीश केसी, गोरखा सभाका अध्यक्ष हरि गौतम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संरक्षक ललित गिरी, अध्यक्ष अमर वली, सचिव लालवीर केसी, शिवज्योति भजन मण्डली पञ्चकुलाकी दुर्गा केसी, नेपाली वेलफेयर सोसाइटी पञ्चकुलाका एकनारायण पौडेल तथा अन्य सामाजिक संस्थाका प्रतिनिधिहरू रहनुभएको थियो।
संस्थाका अध्यक्ष किसनलाल आचार्यको अध्यक्षता तथा सचिव खिमानन्द सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत नीलप्रसाद शर्माले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले सहयोगी, अतिथि तथा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।