• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भौतिकवादी उपनिषद् वैज्ञानिक चिन्तनका लागि उपयोगी : विचार चौतारी–८७ सम्पन्न


  •   आइतबार, असार २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २१। प्रगतिशील लेखक सङ्घ, नेपालअन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा ‘विचार चौतारी–८७’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गोपीरमण उपाध्यायद्वारा लिखित ‘भौतिकवादी उपनिषद्हरू’ कृतिमाथि गहन परिचर्चा गरिएको थियो।

    Advertisement

    कार्यक्रमका मुख्य परिचर्चाकारका रूपमा प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ र आहुतिले कृतिको वैचारिक पक्षमाथि विश्लेषण प्रस्तुत गर्नुभएको थियो। लेखक गोपीरमण उपाध्याय स्वयंको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता तथा सहजीकरण वैचारिक विमर्श तथा परिसंवाद विभागका अध्यक्ष समीर सिंहले गर्नुभएको थियो।

    परिचर्चाका क्रममा वक्ताहरूले गीता तथा उपनिषद्हरूलाई केवल अध्यात्मवादी दर्शनका ग्रन्थका रूपमा मात्र बुझ्नु अपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। उहाँहरूका अनुसार ती ग्रन्थहरूमा परमेश्वरवाद, नियतिवाद, परलोक र पुनर्जन्मजस्ता अध्यात्मवादी मान्यतासँगै स्वभाववाद, कालवाद र यदृच्छावादजस्ता भौतिकवादी चिन्तनका आधारहरू पनि उल्लेखनीय रूपमा उपस्थित छन्। यस दृष्टिले उपनिषद्हरूभित्र विद्यमान द्वन्द्वात्मक वैचारिक प्रवृत्तिको अध्ययन आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

    लेखक गोपीरमण उपाध्यायले आदिम साम्यवादी समाजमा अग्निको वरिपरि गरिने सामूहिक श्रम र जीवन प्रक्रियाबाट ‘वृहत् ब्रह्म’को अवधारणा विकसित भएको, तर निजी सम्पत्तिको उदयसँगै व्यक्तिवादी तथा रहस्यवादी ‘ब्रह्म’को अवधारणा स्थापित हुँदै गएको धारणा प्रस्तुत गर्नुभयो। उहाँले प्रचलित अनेक उपनिषद्हरूमध्ये मूल उपनिषद् १३ वटा मात्र रहेको र पछि दासप्रथा तथा सामन्तवादी समाजको विकाससँगै अध्यात्मवादी उपनिषद्हरू थपिएको तर्क पनि राख्नुभयो।

    कृतिमा उल्लेख गरिएका प्रश्नोपनिषद्, स्वयंवेद्य उपनिषद्, शरीरकोपनिषद् तथा वज्रसूचिकोपनिषद्जस्ता उपनिषद्हरूमा भौतिकवादी चिन्तन स्पष्ट रूपमा अभिव्यक्त भएको विषयमा कार्यक्रममा विशेष चर्चा गरिएको थियो। वक्ताहरूले प्राचीन पूर्वीय भौतिकवादी दर्शनका यस्ता स्रोतहरूको पुनर्पाठले वैज्ञानिक तथा आलोचनात्मक चिन्तनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा व्यक्त गर्नुभयो।

    बौद्धस्थित रामहिटीको साहित्य सदनमा असार २१ गते सम्पन्न कार्यक्रममा डा. कृष्ण सुवेदी, डा. शोभा ढुङ्गाना, दिवाकर शर्मा तथा डा. यादेवी ढकालले पूरक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समापनमा साहित्य सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले समीक्षात्मक मन्तव्य व्यक्त गर्दै यस्ता वैचारिक बहसहरूले नेपाली बौद्धिक जगत्मा नयाँ विमर्शलाई अझ समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।

    आइतबार, असार २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.