जापान, रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–६, बल्ले डिमुरगैरा निवासी २१ वर्षीय सुरेन्द्र वलीको जापानमा निधन भएको छ।
Advertisement
करिब एक वर्षअघि अध्ययनका लागि जापान पुगेका वली विद्यार्थी भिसामा नारा क्षेत्रमा अध्ययनरत थिए। उनको निधन भएको पुष्टि भए पनि मृत्युको कारण हालसम्म खुल्न सकेको छैन।
प्राप्त जानकारीअनुसार मृत्युको वास्तविक कारण पोस्टमार्टम (शव परीक्षण) प्रतिवेदन सार्वजनिक भएपछि मात्र खुल्ने अपेक्षा गरिएको छ।
मृतक वली गाउँकै निवासी भएकाले घटनाबारे थप जानकारी संकलन गर्ने प्रयास जारी रहेको जनाइएको छ। तर हालसम्म घटनास्थलबाट प्रत्यक्ष र विश्वसनीय जानकारी प्राप्त हुन नसकेको स्रोतले जनाएको छ।
घटनाबारे थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने बताइएको छ।

