• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकाङ्कसम्बन्धी तथ्याङ्कीय जिम्मेवारी राष्ट्रिय तथ्याङ्क कार्यालयलाई हस्तान्तरण हुने


  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं, जेठ ९ । नेपाल राष्ट्र बैंकले २०३० सालदेखि गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्कसम्बन्धी तथ्याङ्कीय कार्य आगामी एक वर्षभित्र अर्थात् आर्थिक वर्ष २०८४/०८५ देखि राष्ट्रिय तथ्याङ्क कार्यालयमा हस्तान्तरण हुने भएको छ।

    Advertisement

    राष्ट्रिय तथ्याङ्क परिषद्को पाँचौं बैठकको निर्णयबमोजिम गठित संयुक्त कार्यदलले तयार पारेको ‘उपभोक्ता मूल्य सूचकाङ्क लगायतका मूल्यसम्बन्धी तथ्याङ्कीय कार्यहरू हस्तान्तरण सम्बन्धी अध्ययन प्रतिवेदन’ असार ८ गते बसेको राष्ट्रिय तथ्याङ्क परिषद्को बैठकबाट स्वीकृत भएपछि उक्त प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

    कार्यालयका अनुसार परिषद्बाट स्वीकृत भई कार्यान्वयनका लागि प्राप्त प्रतिवेदनले मूल्य सूचकाङ्क निर्माणमा रहेको कार्यको दोहोरोपनाको अन्त्य गर्दै एकीकृत ‘एकद्वार प्रणाली’ स्थापना गर्ने उद्देश्य राखेको छ। सोहीअनुसार हस्तान्तरण प्रक्रियालाई चरणबद्ध रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ।

    प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले तथ्याङ्क ऐन, २०७९ ले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई मुलुकको तथ्याङ्कीय प्रणालीको केन्द्रीय निकायका रूपमा स्थापित गरेको कानुनी व्यवस्थाअनुरूप यो ऐतिहासिक कदम चालिएको बताउनुभयो।

    यसअन्तर्गत हाल नेपाल राष्ट्र बैंकले तयार गर्दै आएको मासिक उपभोक्ता मूल्य सूचकाङ्क, थोक मूल्य सूचकाङ्क, तथा तलब तथा ज्याला सूचकाङ्क, निर्माणसम्बन्धी सम्पूर्ण जिम्मेवारी चरणबद्ध रूपमा राष्ट्रिय तथ्याङ्क कार्यालयमा हस्तान्तरण गरिनेछ।

    उक्त प्रतिवेदनको कार्ययोजनाअनुसार हस्तान्तरण प्रक्रियालाई व्यवस्थित र सुदृढ बनाउन निम्न कार्यहरू अघि बढाइने जनाइएको छ।

    संगठन संरचना तथा ओएन्डएम सर्वेक्षण :

    एकीकृत कार्यसम्पादनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत छुट्टै विशिष्टीकृत ‘मूल्य तथ्याङ्क महाशाखा’ स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य भइरहेको छ। उक्त महाशाखाका लागि आवश्यक प्राविधिक जनशक्ति, दरबन्दी व्यवस्थापन तथा संस्थागत सुदृढीकरणको प्रक्रिया पनि सँगसँगै अघि बढाइनेछ ।

    आर्थिक वर्ष २०८३/०८४ मा संयुक्त कार्यसम्पादन (संक्रमणकालीन व्यवस्था) :

    कार्यको निरन्तरता, विश्वसनीयता तथा गुणस्तर सुनिश्चित गर्न आर्थिक वर्ष २०८३/०८४ भरि नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका कर्मचारी तथा प्राविधिकहरूको संयुक्त टोलीले तथ्याङ्क सङ्कलन, प्रशोधन तथा सूचकाङ्क प्रकाशनको कार्य गर्नेछ ।

    आर्थिक वर्ष २०८४/०८५ देखि पूर्ण हस्तान्तरण :

    संक्रमणकालीन व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारी पूरा भएपछि आर्थिक वर्ष २०८४/०८५ देखि राष्ट्रिय तथ्याङ्क कार्यालयले उपभोक्ता मूल्य सूचकाङ्कसहित सबै मूल्य सूचकाङ्कहरूको तयारी, व्यवस्थापन तथा नियमित प्रकाशनको जिम्मेवारी एकल रूपमा बहन गर्नेछ ।

    कार्यालयका उपनिर्देशक ढुण्डीराज लामिछानेका अनुसार यस हस्तान्तरणले मौद्रिक नीतिलाई थप स्वतन्त्र र प्रभावकारी बनाउन तथा मुलुकको समग्र तथ्याङ्कीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जिम्मेवारी पूर्ण व्यावसायिकता, शुद्धता तथा उच्च गुणस्तरका साथ सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.