• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मूल प्रवाहको रोहवरमा हैदराबादमा रेखबहादुर थापाको दाहसंस्कार


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • हैदराबाद, असार ४ । भारतको हैदराबादमा कार्यरत प्युठानको स्वर्गद्वारी नगरपालिका–५, सारी स्यानिलेख निवासी ५० वर्षीय रेखबहादुर थापाको हृदयाघातका कारण निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रोहवरमा दाहसंस्कार गरिएको छ।

    Advertisement

    थापालाई गत असार २ गते (१६ जुन २०२६) ड्युटीका क्रममा अचानक हृदयाघात भएको थियो। कम्पनीले तत्काल उपचारका लागि स्तरीय अस्पतालतर्फ लैजाने प्रयास गरे पनि बाटोमै उनको निधन भएको जनाइएको छ।

    घटनाबारे चेन्नईमा रहेका मृतकका आफन्त तथा मुल प्रवाह चेन्नई उत्तर नगर समितिका सदस्य विष्णु थापामार्फत केन्द्रीय अध्यक्ष प्रेम पौडेललाई जानकारी गराइएको थियो। त्यसपछि मुल प्रवाह मध्य–दक्षिण क्षेत्रीय समितिका अध्यक्ष खिमबहादुर विकको पहलमा आवश्यक छलफल गरी केन्द्रीय सदस्य तथा दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष के. रतनसिंह कर्माको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

    टोलीमा केन्द्रीय सदस्य कृष्णबहादुर थापा, दक्षिण हैदराबाद नगर समितिका कोषाध्यक्ष भूपाल ठाडा मगर, सहसचिव तथा आफन्त नुमलाल राहु मगर, नगर सदस्य रुद्र विक, चेन्नईबाट आएका मृतकका छोरा पुष्कर थापा तथा विष्णु थापा सहभागी थिए। टोलीले थापा कार्यरत कम्पनी दिशा फुड प्रालि पुगेर कम्पनी प्रशासनसँग मृत्युसम्बन्धी जानकारी तथा परिवारलाई क्षतिपूर्तिको विषयमा छलफल गरेको थियो।

    कम्पनीका मालिक बाहिर रहेकाले तत्काल निर्णय हुन नसके पनि परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता कम्पनी प्रशासनले जनाएको बताइएको छ। आवश्यक अस्पताल प्रक्रिया पूरा गरी गत असार ४ गते (१८ जुन २०२६) स्थानीय श्मशानघाटमा थापाको दाहसंस्कार गरिएको थियो।

    हालसम्मको सम्पूर्ण उपचार, दाहसंस्कार तथा नेपाल आवतजावतसम्बन्धी खर्च कम्पनीले व्यहोरेको जनाइएको छ। क्रियाकर्म सम्पन्न भएपछि परिवारका सदस्यहरू हैदराबाद आएर बाँकी प्रक्रिया पूरा गर्ने निर्णयसमेत भएको बताइएको छ।

    दाहसंस्कार कार्यक्रममा डोमबहादुर थापा, कमल थापा, इन्द्रबहादुर थापा, उद्यम बुढाथोकीलगायत प्रवासी नेपाली तथा कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.