• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अन्पाको प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन सम्पन्न, संस्थाको नाम ‘सिर्जना डबली’ राखियो


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ, जेठ ३१ । विचार, सिर्जना र परिवर्तनको यात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले संस्थाको नाम परिवर्तन गरी अबदेखि ‘सिर्जना डबली’ का रूपमा परिचित हुने निर्णय गरेको छ । वि.सं. २०७३ वैशाख २३ गते अन्पाको स्थापना भएको थियो ।

    Advertisement

    प्रथम ऐतिहासिक सम्मेलनको उद्घाटन प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सामन्तवाद र साम्राज्यवादविरुद्ध सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई अझ फराकिलो रूपमा संगठित गर्न सिर्जना डबलीको आवश्यकता रहेको बताउनुभयो।

    साँझ ६ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा संस्थाका सल्लाहकार मनोज भट्ट, अप्फाका अध्यक्ष भैरव रेग्मी, अने महिला संघकी अध्यक्ष मीना पुन, अखिल छैटौँका अध्यक्ष सुवास जिसी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकी, अने जनजाति सम्मेलनका अध्यक्ष निम बुढाथोकी तथा अन्लाका महासचिव लक्ष्मणदेव पाण्डेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष समीर सिंहले गर्नुभएको थियो भने महासचिव भिष्म जोशीले सञ्चालन तथा उपाध्यक्ष रामदेव पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनको दोस्रो तथा बन्द सत्र लक्ष्मणदेव पाण्डे, मीना पुन र रामदेव पाण्डेको अध्यक्षमण्डलमा सम्पन्न भएको थियो । अध्यक्षमण्डलका सदस्य लक्ष्मणदेव पाण्डेको सञ्चालनमा भएको बन्द सत्रमा समीर सिंहले घोषणापत्र तथा संगठनात्मक प्रतिवेदन, प्रकाश थापामगरले विधान संशोधन प्रस्ताव र जगतप्रसाद रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूबाट प्राप्त सुझावहरू समेट्दै सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

    सम्मेलनले पारित गरेको विधानअनुसार सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध सिर्जनात्मक क्षेत्रमा सक्रिय जुनसुकै देशका नागरिक संस्थाको सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । साथै, सिर्जना डबली कुनै पनि राजनीतिक दलको जनवर्गीय संगठन नभएको स्पष्ट पारिएको छ ।

    सम्मेलनले समीर सिंहको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदीप प्रधान (काठमाडौँ), जगतप्रसाद रेग्मी (दैलेख) र कल्पना पौडेल ‘जिज्ञासु’ (बाँके) चयन हुनुभएको छ । महासचिवमा भिष्म जोशी (बैतडी) तथा सचिवमा मीन राना (युके), तारामणी न्यौपाने (कञ्चनपुर) र वैरागी जेठा (काठमाडौँ) चयन हुनुभएको छ । कोषाध्यक्षमा ऋतु केसी (काठमाडौँ) तथा सचिवालय सदस्यमा प्रकाश थापा (गुल्मी), जीवनारायण खनाल (अर्घाखाँची) र रामप्रसाद गैरे (पाल्पा) चयन हुनुभएको छ।

    त्यसैगरी, २७ जना केन्द्रीय सदस्य चयन गरिएको छ भने दुई पद रिक्त राखिएको छ । समितिका केन्द्रीय सदस्यहरूमा १. मनीराम खनाल (दाङ), २. अजय गिरी (कालीकोट), ३. प्रेम गायक (कास्की), ४. कमल कार्की (पाँचथर), ५. गुरुप्रसाद कुमाल (दाङ), ६. भक्त विश्वकर्मा (दैलेख), ७. धनवीर पुन (प्युठान), ८. सुमन थापा ‘सङ्गम’ (काठमाडौँ), ९. केशव निमेष (बाँके), १०. नभ प्रगति (बझाङ), ११. ध्रुव गिरी (प्युठान), १२. खुमीराम भण्डारी (साउदी अरब), १३. जीविका ‘अश्रु’ खतिवडा (सिक्किम, भारत), १४. नवीन बस्याल (जापान), १५. भोला ढकाल (गोरखा), १६. समष्टि बुढा (रुकुम पश्चिम), १७. मेरजङ्ग शाही (कैलाली), १८. कृष्ण भुसाल (अर्घाखाँची), १९. लक्ष्मण बेल्बासे (काठमाडौँ), २०. ईश्वरी भट्ट (कञ्चनपुर), २१. दीप गोले (रौतहट), २२. विनिता देवकोटा (गोरखा), २३. सीता मगर (रुकुम पश्चिम), २४. अञ्जना श्रेष्ठ मास्के (कपिलवस्तु), २५. विरेन्द्र भण्डारी (बैतडी), २६. मदन पाण्डे (दाङ) र २७. टीका सङ्गम विक (बागलुङ) रहनुभएको छ।

    सम्मेलनले सात सदस्यीय सल्लाहकार मण्डल पनि गठन गरेको छ । सल्लाहकारहरूमा रामप्रकाश पुरी, मनोज भट्ट, प्रा. डा. श्रीधर गौतम, तुलप्रसाद विक ॅराजेश’, रामदेव पाण्डे, गिरीप्रसाद बुढा र लक्ष्मणदेव पाण्डे रहनुभएको छ ।

    यसैबीच, १६ वर्षमुनिका बाल स्रष्टाहरूलाई संगठित गर्ने उद्देश्यले ‘बाल सिर्जना डबली’ गठन गरिएको छ । समितिको संयोजकमा ममता रावत (बाँके) चयन हुनुभएको सम्मेलनले जनाएको छ । बाल डबलीका सदस्यहरूमा १. सान्वी जोशी (बैतडी), २. हितेश पौडेल (बाँके), ३. संघर्ष न्यौपाने (काठमाडौँ), ४. स्पर्श अधिकारी (काठमाडौँ), ५. समृद्धि प्याकुरेल (बाँके), ६. शिशिर पराजुली (काठमाडौँ), ७. दिपिसा महतारा (बाँके), ८. दिक्षा महतो (बाँके) र ९. अग्रिम सापकोटा (बाँके) रहनुभएको छ।

    सम्मेलनले प्रगतिशील साहित्यिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने तथा देश–विदेशमा रहेका स्रष्टाहरूलाई साझा सिर्जनात्मक मञ्चमा आबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.