• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सिंगो देशलाई ब्युँझाउने र परिवर्तनको संवाहक बन्ने जिम्मेवारी हाम्रो काँधमा छ : अध्यक्ष प्रेम पौडेल


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • खीमराज चालिसे

    Advertisement

    चण्डीगढ, १४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले सिंगो देशलाई ब्युँझाउने र परिवर्तनको संवाहक बन्ने जिम्मेवारी क्रान्तिकारी तथा परिवर्तनकामी शक्तिहरूको काँधमा रहेको बताउनुभएको छ।

    आइतबार सम्पन्न अखिल भारत नेपाली विद्यार्थी सङ्घको सुदूर–पश्चिमोत्तर क्षेत्रीय समितिको भेलाको उद्घाटन गर्दै अध्यक्ष पौडेलले नेपाली श्रमिक तथा प्रवासी समुदायबीच मूल प्रवाहले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    मोमबत्ती प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेपछि प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताको अभिमतलाई गलत दिशातर्फ लैजाने र जनविरोधी गतिविधि गर्ने शक्तिहरूविरुद्ध सशक्त आन्दोलन आवश्यक छ। यसका लागि हजारौँ क्रान्तिकारी र परिवर्तनशील कार्यकर्ता निर्माणको अभियानलाई तीव्र गतिमा अघि बढाउनुपर्छ।”

    विद्यार्थी तथा युवाहरूको भूमिकाबारे चर्चा गर्दै उहाँले विद्यार्थीहरूलाई संगठनको भविष्यका रूपमा चित्रण गर्नुभयो। “विद्यार्थीहरू संगठन निर्माणका बिरुवा हुन्। यही बिरुवाहरू भोलि आन्दोलन र संगठनका बलिया खम्बाका रूपमा विकसित हुनेछन्,” उहाँले भन्नुभयो।

    अध्यक्ष पौडेलले सहकारी प्रकरणको सन्दर्भ उठाउँदै सहकारी बचतकर्ताको रकम दुरुपयोग गर्ने प्रवृत्तिप्रति आलोचना व्यक्त गर्नुभयो। उहाँले सहकारी पीडितहरू न्यायको खोजीमा रहेको उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने धारणा राख्नुभयो।

    उहाँले काठमाडौं महानगरपालिकाको नेतृत्व तथा वर्तमान राजनीतिक प्रवृत्तिप्रति समेत आलोचनात्मक टिप्पणी गर्दै महँगी, भ्रष्टाचार, कुशासन, राष्ट्रिय स्वाधीनतामाथिका चुनौती तथा जनविरोधी गतिविधिविरुद्ध जनतालाई सचेत र संगठित हुन आह्वान गर्नुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले प्रवासमा रहेर अध्ययनसँगै आफ्नो हक, हित र अधिकारका लागि संगठित हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको हक–अधिकारको रक्षा, देशभक्तिपूर्ण भावना सुदृढीकरण तथा संगठनात्मक एकतालाई अझ मजबुत बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको उल्लेख गर्नुभयो।

    भेलाद्वारा निर्वाचित नयाँ समितिको घोषणा अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोख्रेलले गर्नुभएको थियो।

    भेलाले प्रतिक्षा थापाको अध्यक्षतामा १७ पूर्ण सदस्य, पाँच वैकल्पिक सदस्य र पाँच सल्लाहकारसहित २७ सदस्यीय अखिल भारत नेपाली विद्यार्थी सङ्घ सुदूर–पश्चिमोत्तर क्षेत्रीय समिति गठन गरेको छ।

    समितिको उपाध्यक्षमा शिखर गाहा (जालन्धर), सचिवमा राम पन्थी (चण्डीगढ), सहसचिवमा लक्ष्मी रास्कोटी (हिसार) तथा कोषाध्यक्षमा टेक चन्द (लुधियाना) चयन हुनुभएको छ।

    त्यसैगरी सदस्यहरूमा सुरज चालिसे, सम्झना विक, विवेक थापा, दीपक चालिसे, सिमरन खड्का, मणि चन्द, कृति बिसी, सम्झना खड्का, कविता थापा, लक्ष्मी परियार, सन्दीप बगाले र सुशीला क्षेत्री चयन हुनुभएको छ।

    वैकल्पिक सदस्यहरूमा सिमरन, मुस्कान, अमृता, अनन्या आचार्य तथा आरती नेपाली रहनुभएको छ। त्यस्तै सल्लाहकारहरूमा दीक्षा सुनार, मीनाक्षी परियार, मनोज सुनार, जीवन विक र अनु राना चयन हुनुभएको छ।

    समारोहमा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खडका, केन्द्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्य नरबहादुर ओली, केन्द्रीय सदस्य तथा सुदूर–पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, नेपाली एकताका समाचार संयोजक तथा युगदर्शन संवाददाता खीमराज चालिसे, केन्द्रीय वैकल्पिक सदस्य प्रेम आचार्य, सांस्कृतिक क्षेत्रीय संयोजक जुना भण्डारी चालिसे, बिलबहादुर गुरुङ, जमुना खनाल, लिला विक, बसन्ता केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम शिखर गाहाको अध्यक्षता, राम पन्थीको सञ्चालन तथा लक्ष्मी रास्कोटीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सांस्कृतिक कलाकारहरूले समेत प्रस्तुति दिएका थिए।

     

     

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.