• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जेदबहादुरको पीडाः साँझ बिहानको छाक टार्नै सकिन्न, मिर्गौला पीडित श्रीमतीको उपचार कसरी गर्नु ?


  •   सोमबार, साउन १९, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल,बुटवल ।
    प्यूठान झिमरुक गाउँपालिका ८ टिमुरचौर निवासी मिर्गौला पीडित इश्वरादेवी रोकाको उपचार भैरहेको छ । दुवै मृगौला फेलभएपछि ५२ वर्षीया इश्वराको बुटवलको रामनगरस्थित मुटु अस्पतालमा डायलासिस भैरहेको छ । उपचारको क्रममा दुवै मिर्गौला फेल भएको पत्ता लागेपछि २५ महिनादेखि मुटु अस्पतालमा उपचार चलिरहेको छ इश्वराको ।

    Advertisement

    डायलासिसका लागि हप्ताको दुई दिन प्यूठानबाट बुटवल आउने सम्भावना नभएपछि इश्वराको परिवार डेरा लिएर बुटवलमा बस्दै आएको छ । श्रीमान जेदबहादुर र छोरी शान्ता रोकासँगै डेरामा बस्दै आएकी मिर्गौला पीडित इश्वराको परिवार अहिले आर्थिक रुपले समस्यामा परेको छ ।

    आर्थिक अभावका कारण इश्वराको उपचारमा अहिले समस्या आएको छ । उनीसँग प्रयाप्त पैसा छैन । उनलाई अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन् । सामान्य कृषि गरेर जीविका निर्वाह गर्दै आएको रोका परिवार ठूलो धनराशी खर्च गरेर उपचार गराउन सक्ने अवस्थामा छैन ।

    बुटवलमा बसेर उपचारमा लागेको रोका परिवारलाई अहिले दैनिक रुपमा खानुपर्ने औषधि र अन्य साँझ विहानको खर्च जुटाउन धौधौ भएको छ । डायलालसिस निःशुल्क भएपनि औषषिलगायत अन्य दैनिकी खर्चका लागि आर्थिक अभाव भएकाले घर फर्कने मनसाय बनाएको बताउछन् इश्वराका श्रीमान जेदबहादुर रोका ।

    मासिक रुपमा औषषिका लागि ६ हजार, डेराभाडा २ हजार विद्युत पानी र अन्य खानाखर्च जुटाउन समस्या भएपछि घर फर्कने अवस्था आएको जेदबहादुर बताउँछन् ।

    श्रीमतीलाई सन्चो गराउने ठूलो इच्छा बोकेर बुटवल झरेका जेदबहादुर अहिले आर्थिकको अभावले तनावमा छन् । घरमा कमाउने कोही छैनन् । तीनभाई छोरा भएपनि आमालाई कस्तो छ भनेर एक कल फोन नगर्ने छोराहरुबाट पनि कूनै आशा भरोसा नभएको दुखेसो सुनाउँछन् जेदबहादुर ।

    कृषि पेशाबाट दैनिकी चलाउँदै आएको रोका परिवारले उपचारको लागि समस्या भएपछि आर्थिक र भौतिक सहयोगका लागि सबैसँग आग्रह गरेको छ । बुटवलको रामनगरमा सामान्य एक खरको झुपडीमा बस्दै आएको रोका परिवारको लागि अहिले खानको लागि पनि समस्या छ । शिलिण्डर सकिएको छ । कोठामा खानको लागि दाल चामलसमेत छैन । मृगौला पीडितलाई आवश्यक पर्ने डाइट र फलफूल त रोका परिवाारको लागि कल्पना बाहिरको सपमान बनेको छ । जसका कारण मृगौला पीडित इश्वराको परिवार अहिले ठूलो समस्यामा परेको छ ।

    उपचार गर्दागर्दै घर कसरी फर्कने र बुटवल बसेर कसरी उपचार गर्ने अहिले इश्वराका श्रीमान र उनकी छोरी समस्यामा परेका छन् । आमालाई बचाउने धोको कतै पूरा नहुने पो होकी भन्ने चिन्तामा छिन् मृगौला पीडित इश्वराकी छोरी शान्ता । आमाको उपचारको लागि बुटवल रामनगरको एक सामान्य खरले छाएको सानो कोठामा बस्दै आएका उनीहरुलाई अर्को चिन्ता छ, कतै घरधनीले भाडा तिर्न नसकेर कोठाबाट निकाल्ने हुन्की भन्ने ।

    कोरोना भाइरसको महामारीमा साँझ बिहानको छाक गुजार्न समस्या भएको अवस्थामा मृगौला पीडित रोका परिवारलाई गौतमबुद्ध सामूदायिक मुटु अस्पतालले १० किलो चामल, एक संस्थाले ३ किलो चामल र केही दाल र स्थानीयले सामान्य दाल चामल दिनुबाहेक उपचारका लागि खासै सहयोग पाएका छैनन् ।

    मिर्गौला पीडित इश्वरालाई ठूलो समस्या परेको थाहा पाएपछि प्यूठान रुपन्देही सम्पर्क मञ्चले केही सानो तिनो सहयोग गर्ने प्रतिवद्वता जनाएको छ ।

    सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.