• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

क्रेसर मालिकको चरम लापरवाही : खुट्टा गुमाएका कविराजको अवस्था चिन्ताजनक


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे, भारत

    Advertisement

    हरियाणाको भिवानीस्थित तोसाम–खानक क्षेत्रमा कार्यरत एक नेपाली श्रमिक गम्भीर दुर्घटनामा परेका छन्। दुर्घटनापछि क्रेसर मालिकले देखाएको गैरजिम्मेवार र अमानवीय व्यवहारका कारण घाइते श्रमिकको अवस्था झन् चिन्ताजनक बनेको बताइएको छ।

    गत ४ जुन २०२६ मा क्रेसरमा खाना पकाउने काम गर्दै आएका नेपाली श्रमिक कविराज सैजाल कर्मचारीहरूका लागि खाना बनाउने क्रममा आवश्यक सामग्री किन्न नजिकैको पसल गएका थिए। पसलबाट फर्किने क्रममा उनी क्रेनको चपेटामा परेका थिए। क्रेनले किच्दा उनको दाहिने खुट्टा घुँडामुनिबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।

    दुर्घटनापछि स्थानीय समुदायको दबाबमा क्रेसर मालिकले उनलाई हिसारस्थित जिन्दल अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए। अस्पतालमा शल्यक्रिया गर्नुपरेको र उनको दाहिने खुट्टा काट्नुपरेको थियो। करिब एक सातासम्म उपचारका क्रममा रहँदा खुट्टा गुमाएका कविराजको मानसिक अवस्था समेत प्रभावित भएको बताइएको छ।

    तर, पीडित पक्षका अनुसार गत ११ जुन २०२६ मा जिन्दल अस्पताल प्रशासन र क्रेसर मालिकले परिवारका सदस्यहरूलाई दबाब दिँदै जबर्जस्ती हस्ताक्षर गराएर कविराजलाई अस्पतालबाट डिस्चार्ज गराएका छन्। हाल उनलाई हिसारको सिभिल अस्पतालमा भर्ना गरिएको भए पनि त्यहाँ आवश्यक र प्रभावकारी उपचार हुन नसकेको आरोप लगाइएको छ।

    यस घटनाको कडा शब्दमा निन्दा गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घोर विरोध जनाएको छ। मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले युगदर्शनसँग कुरा गर्दै दुःख व्यक्त गरे, “हामी मालिकहरूको थालमा स्वादिलो खाना पुर्‍याउँदासम्म मात्र राम्रा र बहादुर ठहरिने रहेछौँ। जब शरीरले काम गर्न सक्दैन, तब भारी बोक्न नसक्ने गधा वा खच्चरलाई भीरबाट खसालेझैँ व्यवहार गरिँदो रहेछ।”

    पीडितलाई न्याय दिलाउन तथा पूर्ण उपचार सुनिश्चित गर्न मूल प्रवाहको टोली आजै दुर्घटनास्थल खानकतर्फ प्रस्थान गरेको छ। संगठनले स्थानीय प्रहरी प्रशासन र क्रेन मालिकसँग प्रत्यक्ष भेटघाट गरी कविराज सैजालको सम्पूर्ण उपचार खर्च व्यहोर्न लगाउने तथा उचित क्षतिपूर्ति दिलाउन सशक्त पहल थाल्ने निर्णय गरेको जानकारी तारा सोमारेले दिएका छन्।

    संगठनले श्रमिकको जीवन र स्वास्थ्यप्रति गरिएको लापरवाहीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरेको छ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.