लक्ष्मण बेलबासे, काठमाडौँ ।
Advertisement
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने विभेदकारी नीतिका विरुद्ध नेपाल पत्रकार महासङ्घ काठमाडौँले धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
महासङ्घको केन्द्रीय कार्यक्रमअनुसार २०८३ जेठ २७ गते बुधबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य सूर्य सुवेदी, काठमाडौँ कार्यसमिति अध्यक्ष शोभा अर्याल, कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायत जिल्ला कार्यसमिति र सम्पूर्ण पत्रकार साथीहरूको उपस्थिति रहेको थियो ।