• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एक करोडको प्रविधिले मापन गर्दै राप्तीको हावा


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • तुलसीपुर (दाङ), २७ जेठ । राप्ती गाउँपालिकामा स्थापना गरिएको ‘एयर पोलुसन स्टेशन’ले स्थानीय स्तरमा वायु प्रदूषणको अवस्था मापन तथा विश्लेषण गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ। अत्याधुनिक उपकरणमार्फत वातावरणको गुणस्तरबारे वास्तविक तथ्याङ्क प्राप्त हुन थालेपछि प्रदूषण नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन सहज भएको गाउँपालिकाले जनाएको छ।

    Advertisement

    राप्ती गाउँपालिका कार्यालय परिसरमा जडान गरिएको उक्त स्टेशनले २४सै घण्टा वायुको गुणस्तर निगरानी गर्दै प्रदूषणसम्बन्धी तथ्याङ्क सङ्कलन गरिरहेको छ। यसबाट पालिकाभित्र उद्योग, सवारीसाधन तथा अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था यथार्थ रूपमा मूल्याङ्कन गर्न सकिने भएको छ।

    गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार स्टेशनबाट प्राप्त तथ्याङ्कले वातावरण संरक्षण, वृक्षरोपण अभियान, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसँग सम्बन्धित योजना तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण आधार प्रदान गरेको छ।

    “पालिकाभित्रको वायु प्रदूषणको वास्तविक अवस्था बुझ्न यस उपकरणले ठूलो सहयोग गरेको छ,” अध्यक्ष विष्टले भन्नुभयो, “यसबाट प्राप्त सूचनाका आधारमा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणका कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने भएको छ।”

    दुई वर्षअघि सङ्घीय सरकारको पहलमा स्थापना गरिएको उक्त स्टेशनमा करिब एक करोड रुपैयाँ बराबरको अत्याधुनिक उपकरण जडान गरिएको छ। स्थानीय तहमा वायु प्रदूषणको निगरानी तथा वातावरणीय व्यवस्थापनका लागि यो प्रविधि प्रभावकारी साधनका रूपमा स्थापित हुँदै गएको छ।

    विज्ञहरूका अनुसार यस्ता उपकरणबाट प्राप्त तथ्याङ्कले स्थानीय सरकारलाई वैज्ञानिक आधारमा नीति निर्माण गर्न मद्दत पुग्नुका साथै वातावरणीय जोखिम न्यूनीकरण र जनस्वास्थ्य संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.