• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • म्याग्दी, २६ जेठ । म्याग्दी जिल्लामा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको प्रवर्द्धनमा निर्माण हुन लागेको आयोजनाअन्तर्गत सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्ने कार्य प्रारम्भ गरिएको हो।

    Advertisement

    आयोजनाका निर्देशक रमण सिंहका अनुसार आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुरुङ निर्माण कार्यलाई तीव्रता दिन बाँधस्थल, गाडपार तथा घरापस्थित प्रस्तावित विद्युत्गृह क्षेत्रसहित चार स्थानबाट एकैसाथ काम अघि बढाउने तयारी गरिएको छ।

    “आयोजनाअन्तर्गत पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ,” निर्देशक सिंहले भन्नुभयो, “विद्युत्गृह तथा बाँध निर्माणका लागि सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनी परिचालन भइसकेको छ।”

    आयोजनाको बाँध मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसास्थित पहिरा थाप्लामा तथा विद्युत्गृह म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा निर्माण गरिनेछ। ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा करिब एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ। विद्युत्गृह र आउटलेटबीचको उचाइ अन्तर ४८० मिटर रहेको छ।

    प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा नेपाली सेनाका लागि आवश्यक कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाका लागि आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ भने आयोजनास्थल पुग्न गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ।

    घरापदेखि दानासम्म २२० केभी क्षमताको करिब एक किलोमिटर प्रसारण लाइन निर्माण गरी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

    आयोजनाको अनुमानित लागत रु ४० अर्ब रहेको छ। आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकले लगानी गर्नेछन्। प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याइएको पनि उहाँले जानकारी दिनुभयो।

    अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामी, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा–आराधना गरी आयोजनाको शुभारम्भ गरिएको थियो।

    वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज जलविद्युत् आयोजना म्याग्दी जिल्लाकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताउनुभयो। उहाँका अनुसार नारच्याङ क्षेत्र हुँदै बग्ने नदीहरूमा हालसम्म कुल १६२ मेगावाट क्षमताका पाँचवटा जलविद्युत् आयोजना निर्माण भई सञ्चालनमा आइसकेका छन्।

    सञ्चालनमा रहेका आयोजनामध्ये पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ तथा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना रहेका छन्।

    यसैगरी नारच्याङ क्षेत्रको सीमाबाट बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन रहेको छ। साथै ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारीसमेत भइरहेको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.