• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा गुणात्मक सुधार


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • कञ्चनपुर, २६ जेठ । पर्यावरणमैत्री पर्यटन प्रवर्द्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३, जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास (होमस्टे) मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ।

    Advertisement

    विद्युत् आपूर्तिमा हुने अवरोधका बीच पनि पर्यटकलाई निरन्तर र भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्यसहित आठ वटा होमस्टे घरमा सोलार ब्याकअप प्रणाली जडान गरिएको हो। उक्त कार्य शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा सम्पन्न भएको हो।

    कनेक्ट परियोजनाका टिम लिडर मनोजप्रसाद ओझाका अनुसार आठवटै घरमा सौर्य प्रणाली जडान गर्न कुल रु सात लाख ५९ हजार ५२० खर्च भएको छ। प्रतिघर रु ९४ हजार ९४७ का दरले सोलार ब्याकअप प्रणाली जडान गरिएको उहाँले जानकारी दिनुभयो।

    हिमाली प्रकृतिका प्राविधिक सुपरभाइजर पुरनसिंह ठगुन्नाले सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जाको प्रवर्द्धन, स्थानीयको जीविकोपार्जनमा सुधार तथा होमस्टे सेवाको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। उहाँले ग्रामीण पर्यटनलाई दिगो, वातावरणमैत्री र प्रतिस्पर्धी बनाउन सौर्य ऊर्जाको प्रयोग प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।

    होमस्टे सञ्चालक खुशीराम चौधरीका अनुसार सोलार ब्याकअप प्रणाली जडान भएपछि विद्युत् अवरोधका कारण हुने समस्या हटेको छ। “पहिले बत्ती जाँदा पर्यटकलाई निकै असहज हुन्थ्यो। अहिले भने कोठामा बत्ती, पङ्खा, मोबाइल चार्जिङलगायत आधारभूत सेवा निरन्तर उपलब्ध गराउन सकेका छौँ,” उहाँले भन्नुभयो।

    स्थानीय टिकुराम डगौराले ग्रामीण क्षेत्रमा बेला–बेलामा हुने विद्युत् अवरोधका कारण पर्यटन व्यवसाय प्रभावित हुने गरेको स्मरण गर्दै सौर्य प्रणाली जडानपछि होमस्टेहरू वैकल्पिक ऊर्जा स्रोतसँग जोडिएकाले सेवा प्रवाह थप भरपर्दो बनेको बताउनुभयो।

    शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउनुका साथै कार्बन उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने बताउनुभयो। “प्रकृति र पर्यावरणमा आधारित ग्रामीण पर्यटन क्षेत्रमा यस्ता प्रविधिको विस्तारले दिगो पर्यटनको अवधारणालाई थप मजबुत बनाउने विश्वास गरेका छौँ,” उहाँले भन्नुभयो।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास अवस्थित खयरकन्द्रा सामुदायिक होमस्टे स्थानीय थारु संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको अनुभव दिलाउने आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटक नियमित रूपमा पुग्ने गरेका छन्।

    होमस्टेमा पर्यटकलाई आरामदायी बसोबासको सुविधासँगै थारु समुदायका परम्परागत परिकार परोसिने व्यवस्था छ। साथै, स्थानीय सांस्कृतिक नृत्य तथा सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई थारु संस्कृतिसँग साक्षात्कार गराइन्छ।

    सौर्य ऊर्जामा आधारित पूर्वाधार विस्तारसँगै खयरकन्द्रा सामुदायिक होमस्टेको सेवा, सुविधा र पर्यटकीय आकर्षण थप सुदृढ हुने अपेक्षा गरिएको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.