• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता’


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उहाँको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।

    Advertisement

    आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको रु तीन लाख डुब्यो, उहाँको विदेश जाने सपना पनि अधुरै रह्यो ।

    “पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो,’ उहाँ सम्झिनुहुन्छ, ‘त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैँसीपालन र तरकारीखेती सुरु गरेँ ।

    ऋणको भारी र परिवारको जिम्मेवारीका बीच दुईवटा भैँसीबाट सुरु गरेको व्यवसाय हाल व्यवस्थित फार्मको रूप विकास भएको छ । हाल पौडेलको गोठमा आठवटा भैँसी छन् । परिवारका दुई सदस्यसँगै एक जनालाई नियमित रोजगारी दिनुभएको छ ।

    विसं २०७३ मा ‘पौडेल भैँसीपालन फर्म’ स्थापना गरेर सुरु गरिएको व्यवसाय हाल जिल्लाकै सफल उद्यमका रूपमा चिनिन थालेको छ ।

    पौडेलले दुई रोपनी क्षेत्रफलमा तरकारीखेती पनि गरिरहनुभएको छ । भैँसीपालन र तरकारीखेती एकअर्काका पूरक जस्तै भएकाले यसतर्फ लागेको उहाँको भनाइ छ ।

    ‘गोठबाट निस्कने मल बारीमा प्रयोग हुन्छ भने तरकारीबाट अतिरिक्त आम्दानी भइरहेको छ । तरकारीसँगै खेरजाने पातपङ्गिर भैँसीको आहारमा पनि प्रयो हुन्छ । यसले दुवै व्यवसाय सँगसँगै अगाडि बढाउन सहज भएको छ’, पौडेलले रासससँग भन्नुभयो ।

    हाल उहाँको फार्मबाट दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ४० लिटर दूधबाट दही बनाइन्छ भने बाँकी दूध नियमित ग्राहकलाई बिक्री गरिन्छ ।

    ‘दिउँसो १२–१ बजेसम्म दही सकिन्छ । माग धेरै छ, धान्न गाह्रो भइरहेको छ । काठको ठेकीमा जमाइएको दहीको शुद्धता र परम्परागत स्वादले उपभोक्ताको मन जितेको छ’, पौडेल भन्नुहुन्छ, ‘एकपटक स्वाद लिएका ग्राहक फेरि फर्केर आउने गरेका छन् । बजारीकरणका लागि प्रचारप्रसार पनि गर्नुपरेको छैन ।’

    उहाँ ग्राहकको मन जितेमा सफलताका लागि अर्को कुनै उपाय गर्नुनपर्ने बताउनुहुन्छ । ‘ठूलो विज्ञापन केही गरिएको छैन’, पौडेलले भन्नुभयो, ‘ग्राहकको सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले नै व्यवसाय विस्तार भएको हो ।’

    बेनी–दरबाङ–मुना–ढोरपाटन सडकमा यात्रा गर्ने यात्रुहरू उहाँका मुख्य ग्राहक हुन् । पहिले दूध बिक्रीका लागि घर–घर पुग्नुपर्ने अवस्था रहे पनि अहिले ग्राहक आफैँ फार्मसम्म पुग्ने गरेका छन् ।

    दूध, दही र तरकारी बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी बचत हुने गरेको पौडेल बताउनुहुन्छ । यही आम्दानीबाट वैदेशिक रोजगारीका लागि लिएको ऋण तिर्नुका साथै चार सन्तानलाई स्नातक तहसम्म अध्ययन गराएको उहाँले जानकारी दिनुभयो ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाको प्राविधिक सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको उहाँको भनाइ छ । पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारीखेतीमा पुर्याउने क्षति भने अझै चुनौतीका रूपमा रहेका छन् ।

    विदेश जाने सपना अधुरै रहे पनि पौडेलले त्यसलाई निराशाको कारण बन्न दिनुभएन । बरु त्यही असफलतालाई अवसरमा रूपान्तरण गर्दै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सफल हुनुभयो ।

    ‘सपना विदेशमै खोज्नुपर्छ भन्ने छैन,’ उहाँ भन्नुहुन्छ, ‘मेहनत र धैर्य भए आफ्नै गाउँको गोठबाट पनि सफलता हासिल गर्न सकिन्छ ।’

    एकाउन्न वर्षीय पौडेलको कथा सङ्घर्ष, धैर्य र स्वदेशमै सम्भावना खोज्ने प्रेरणादायी उदाहरण बनेको छ । मङ्गला गाउँपालिका–५ गहतेका खिमलाल आचार्य पौडेलको सफलताले अन्यलाई पनि स्वदेशमै काम गर्न प्रेरणा मिलिरहेको बताउनुहुन्छ ।

    स्थानीय फडिन्द्र शर्मा पनि पनि धैर्यता र लगन भएमा एउटा बाटो रोकिए पनि अन्य थुप्रै अवसर खुल्छ भन्ने उदाहरणका रूपमा पौडेललाई दिने गरिएको बताउनुहुन्छ ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.