काठमाडौं । सरकारले भारतबाट आयात हुने विषादीयुक्त आँपको परीक्षण कडाइ गरेसँगै काठमाडौंका फलफूल बजारमा नेपाली आँपको वर्चस्व बढेको छ। सिरहा, लहान लगायत तराई क्षेत्रबाट आएका मालदह, दशहरी, बम्बई र कृष्णभोग जातका आँपले बजार ओगटेका छन्।
Advertisement
नेपाली आँपको माग बढेसँगै उपभोक्ताले सस्तोमा ताजा फलफूल पाउन थालेका छन्। हाल थोक बजारमा आँप प्रति किलो ४० देखि ८० रुपैयाँ र खुद्रा बजारमा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
तर एकैपटक ठूलो आपूर्ति हुँदा उचित मूल्य नपाएको भन्दै किसान र व्यापारीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार शीतभण्डारण सुविधा, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य नहुँदा स्वदेशी उत्पादनले अपेक्षित मूल्य पाउन सकेको छैन।