काठमाडौँ । राष्ट्रिय जनमोर्चाले केन्द्रीय सल्लाहकार आनन्द शर्माकी आमा तथा केन्द्रीय सदस्य सुधा शर्माकी सासूआमा कौशिला पाध्याको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८३ जेठ २४ गते आइतबार शोकवक्तव्य जारी गर्दै राजमोले श्रद्धाञ्जलीसँगै सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
स्मृतिशेष कौशिलाका सन्तति राजमोको आन्दोलनमा सक्रिय रहेको सिलसिला जोड्दै शोकवक्तव्यमा उहाँको निधनबाट गम्भीर क्षति पुगेको बताइएको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार कामरेड आनन्द शर्माकी ममतामयी आमा तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य कामरेड सुधा शर्माकी सासूआमा कौशिला पाध्याको २०८३ जेठ २३ गते भएको निधनप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
दिवङ्गत कौशिलाले आफ्ना सन्ततिहरू हाम्रो पार्टीको केन्द्रीय समितिमा कार्यरत रहनुहुन्छ । यसबाट उहाँले आफ्ना सन्ततिलाई नि:स्वार्थ र निष्कलङ्कपूर्वक हाम्रो पार्टीको आन्दोलनको यात्रामा अगाडि बढ्नका लागि मार्गप्रशस्त गर्नुभएको थियो भन्ने कुरा स्पष्ट छ । त्यसरी अहिले उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”