• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • नेपालगञ्ज । नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् ।

    Advertisement

    नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिनुभयो । सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनःप्रयोग गरी विभिन्न स्थानमा चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चराचुरुङ्गीलाई पानी दिन थालिएको उहाँको भनाइ छ ।

    यो अभियानमा जनावर अधिकारकर्मी सुवास साहु र वातावरण अभियन्ता हेमन्तराज काफ्लेसमेत सहभागी हुनुहुन्छ । अभियन्ता काफ्लेले गर्मीका बेला चराचुरुङ्गी, जनावर तथा कीरा फट्याङ्ग्राको जीवनप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै चराचुरुङ्गी, जनावर र कीरा पारिस्थितिक प्रणालीका महत्वपूर्ण अङ्ग भएको बताउनुभयो ।

    वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको अभियन्ता काफ्लेले उल्लेख गर्नुभयो । “गर्मी झन बढ्दै गएको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तर अघि लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

    बढदो गर्मीका कारण जलसतह घट्दै गएकाले चापकल ९धारा० मा पानी आउन कम हुँदै गएको बताउन्दै उहाँले रुखमा राखिएको पानी खाने भाडोमा चराले पानी खाइरहेको सुन्दर दृश्य अहिले देख्न थालिएको उल्लेख गर्नुभयो ।

    नेपालगञ्ज ग्यालरीका श्रेष्ठले बढ्दो गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गी प्रभावित भइरहेका भन्दै फालिएका बोतलको पुनः प्रयोगमार्फत पानी पिउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा प्रत्येक शनिबार चराचुरुङ्गी र जनावरका लागि पानी पिउने भाँडो निर्माण तथा व्यवस्थापन गर्ने अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुर्खेत रोडमा रहेका बोट तथा बिरुवामा त्यसरी राखिएको पानी राँझा चोकसम्म राख्ने लक्ष्य लिइएको छ ।

    स्थानीय रूपमा यस अभियानको प्रशंसा गर्दै घर, पसल तथा सार्वजनिक स्थानमा पानीको व्यवस्था गरेर चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन रक्षा गर्न सहयोग गर्नुपर्ने बताइएको छ । बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावबीच नेपालगञ्जमा सुरु भएको सो अभियानले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.