पोखरा । नेकपा (मसाल) का पार्टी सदस्य पिनाकला क्षेत्रीको स्मृतिमा कास्की पोखरा महानगरपालिका– १४ हवेली मार्गस्थित उहाँकै निवासमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
कार्यक्रममा नेकपा (मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसीले स्वगीय पिनाकला क्षेत्री (क. आस्था) ले पार्टीमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनले पार्टीलाई ठुलो क्षति भएको बताउनु भयो ।
त्यस्तै स्थानीय बाम बुद्धिजीवी परशुराम कोइरालाले पिनाकलाको मृत्युले समाजिक क्षेत्रमा अपुरणीय क्षति भएको बताउनु भयो । सरल व्यक्तित्व, सहयोगी र मिजासिलो स्वभावकी धनी पिनाकलाले अपनाउनु भएको बाटोमा लाग्नको लागि आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कृष्ण थापाले स्वर्गीय पिनाकलाको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको समेत उपस्थिति रहेको थियो ।
यस्तै, स्थानीय टोल विकास संस्थाका छवि सुवेदी, परिवारजनको तर्फबाट श्रीमान भोज बहादुर क्षेत्री र आमा समुहका देवी केसीले पनि शोक मन्तव्य राख्नु भएको थियो । शोक सभाको कार्यक्रमको अध्यक्षता राजमोका वडा समिति अध्यक्ष देबिलाल कंडेल र सञ्चालन आकाश गौतमको रहेको थियो ।
अखिल नेपाल महिला संघ कास्कीका सदस्य स्वर्गीय पिनाकलाको गत असार २७ मृत्यु भएको थियो ।