• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युक्रेनमा भीषण आक्रमण


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • किएभ । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

    Advertisement

    युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको मृत्यु भएको छ भने राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् ।

    उद्धारकर्मीहरूले भग्नावशेषबाट एक तीन वर्षीया बालक, एक महिला र उनका आठ वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन् ।

    विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

    आक्रमण बिहानसम्म जारी रहँदा विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको थियो । डिनिप्रो र आसपासका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने राजधानी किएभमा पनि व्यापक क्षति पुगेको छ ।

    युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी गरिएको छ । आक्रमणको लक्ष्य किएभ, डिनिप्रो, पोल्टावा, खार्किभ र जापोरिझिया क्षेत्रहरू रहेका थिए ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्ला हप्ताहरूमा हवाई आक्रमण तीव्र बनाउँदै युक्रेनको हवाई सुरक्षा कमजोरीको फाइदा उठाउन खोजेको युक्रेनी पक्षको आरोप छ । युक्रेनले पश्चिमी सहयोग विशेषगरी अमेरिकी हतियार आपूर्तिको कमीका कारण ब्यालेस्टिक क्षेप्यास्त्रको जोखिम अझ बढेको जनाएको छ ।

    राजधानी किएभका केही बासिन्दाहरूले रातभर बाथटब र कोठाको सुरक्षित भागमा आश्रय लिएर ज्यान जोगाउने प्रयास गरेका थिए । ३७ वर्षीया इरिना सालिकोभाले आफ्नी तीन वर्षीया छोरीसँग बाथटबमा रात बिताएको र घरका झ्याल फुटेर कोठामा ढुङ्गा प्रवेश गरेको बताउनुभयो । उहाँले आफूहरू जिउँदो रहेकोमा भगवानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

    किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार राजधानीमा मात्रै कम्तीमा ८१ जना घाइते भएका छन् । आक्रमणका कारण आवासीय भवन, ऊर्जा संरचना र अन्य नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपील गर्दै रुसको लगातार आक्रमणले युद्धलाई अझ खतरनाक मोडमा पुर्‍याएको बताउनुभयो । उहाँका अनुसार यदि युक्रेन पर्याप्त सुरक्षा बिना रह्यो भने यस्ता आक्रमणहरू निरन्तर दोहोरिनेछन् ।

    यसैबीच, रुसी रक्षा मन्त्रालयले भने किएभसहित विभिन्न क्षेत्रका सैन्य–औद्योगिक संरचनाहरूलाई लक्षित गरिएको दाबी गरेको छ । तर युक्रेनले आवासीय र नागरिक संरचना बढी प्रभावित भएको जनाएको छ ।

    विश्लेषकहरूका अनुसार युद्ध चार वर्ष पुग्दै गर्दा दुबै पक्षबीच रणनीतिक दबाब बढ्दै गएको छ । युक्रेनले रुसका आपूर्ति लाइन र तेल संरचनामा समेत आक्रमण बढाइरहेको बताइएको छ भने मस्कोले आफ्नो हवाई अभियानलाई अझ तीव्र बनाएको देखिएको छ ।

    यसैबीच शान्ति प्रयासहरू अझै निष्कर्षविहीन रहेका छन् । अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू प्रभावकारी बन्न नसकेको र युद्धविरामबारे दुबै पक्षबीच गहिरो मतभेद कायमै रहेको बताइएको छ ।

    डिनिप्रोका मेयर बोरिस फिलाटोभले सहरमा मृतकहरूको सम्मानमा शोकको घोषणा गर्नुभएको छ । यद्यपि आक्रमणपछि पनि केही स्थानमा पुनः ड्रोन आक्रमण जारी रहेको र जनजीवन थप असुरक्षित बनेको जनाइएको छ ।

    रुसले युद्धलाई नयाँ चरणमा प्रवेश गरेको दाबी गर्दै युक्रेनमा आफ्नो सैन्य अभियान रोक्ने सङ्केत नदिएको देखिएको छ, जसले क्षेत्रीय तनावलाई अझ गहिरो बनाएको छ ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.