काठमाडौं । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ । महाशाखाका सबै प्रहरी २ दिनदेखि कार्यालयभित्रै छन् ।
Advertisement
शुक्रबार २ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमा आउजाउ बन्द गरिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार अहिले सवारीसाधनको चाप कम भएका स्थानबाट जनशक्ति ल्याएर डिउटी मिलाइएको छ ।
३ सय ७५ जना कार्यालयभित्रै क्वारेन्टिनमा छन् । संक्रमण पुष्टि भएका दुई जनालाई प्रहरी अस्पताल लगिएको छ ।
यता, प्रहरी मुख्यालयसहित हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।